गाईजात्रा सुरु, औपचारिकतामा सीमित गर्न अनुरोध


2021-08-23 03:08:51

News Image

भक्तपुर । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु नगर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा वडावडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरु र जनप्रतिनिधिहरुसहितको बैठकले सापारुको दिन ताहा साँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकमा नगर प्रमुख प्रजापतिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमण भक्तपुरमा पनि दैनिक रुपमा बढ्दो क्रममा रहेको बताउनुहुँदै नेपालमा १० हजार भन्दा बढीले कोभिडबाट ज्यान गुमाइसकेको बताउनुभयो ।
    


Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *