अपरिचित


भदौ ५, २०७८, शनिबार | विहान ११:४३ बजे | 30


अपरिचित

सुनिल सापकोटा
धरै परिवर्तन भइ सकेछ
चारैतिर अचेल मेरो
बहिर हेर्छु निस्तब्ध छ
तुफान आउला जस्तो लाग्छ

घर बाहिर निंस्किनु पर्दा
कोहि चिनिदैन् हेर्दा
सबै एक अर्का बाट
भयग्रस्त र त्रसित

अरुको के कुरा गरुँ
आफ्नै अईनाले  पनि
मलाई चिन्न छोडेको छ
आफ्नै कुकुरले पनि
मलाई भुक्न थालेको छ

आफ्नै परिवार पनि टाढा जस्तो
आफ्नै कोठा पनि बिरानो जस्तो
आफ्नै घरमा पनि  निस्सासिए जस्तो
म देखि सबै डराएर भागे जस्तो
म उनिहरु सङ अपरिचित जस्तो ...

Comments