नसा र दसा


भदौ ४, २०७८, शुक्रबार | दिउँसो ०१:३३ बजे | 5


नसा र दसा

डा इन्दुल केसी
आहा ! मोज मस्तिको चाहनामा
ओहो ! आदत – बानीको बसमा
गाँजा, सुर्ति र अफिमको मातमा
मस्त धुँवा तान्ने र पिउने नसालु झोल ।

चहार्ने – भत्ती, पप् र डान्सबारमा
लहसी लहसी तरुनीहरुको प्यारमा
होस–हवास पटक्कै छैन वेहोसैमा
लरखरे पाइलाको चालमा ।

घरका लाला–बाला भोक प्यासमा
भकुरिएकी श्रीमतीे, रुवाईमा
भएका सम्पत्ति साहुको कब्जामा
दिन बित्दछ, रात बित्दछ यस्तैमा ।

आहा ! मोज मस्तिको चाहनामा
ओहो ! आदत – बानीको बसमा ।।
       ८८८८

२०७८÷५÷३ गते


Comments