प्रधानमन्त्री देउवाद्धारा कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन


2021-08-20 12:35:21

News Image

प्रधानमन्त्री शेरबहादुर देउवाबाट कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन सम्पन्न भएको छ । बिसं २०७२ सालको शक्तिशाली महाभुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरको पूजा गरी मन्दिरको उद्घाटन गर्नु भएको छ ।  पाँचतले सो मन्दिरको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले मन्त्रोच्चारण गर्नुभएको थियो ।
 बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र  पत्नी आरजु देउवा राणाले पुजा अर्चना गर्नुभएको थियो । बैशाख १२ र २९गते आएको भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली काग्रेसका सभापतिको हैसियतमा बिसं २०७४ साल बैशाख ३० गते प्रम देउवाले नै मन्दिरको क्षमा पूजा गर्नुभएको थियो ।

[[img2]]
क्षमापुजा गरी जिर्णोद्धार शुरु गरेको ४ वर्षपछि मन्दीरको पुननिर्माण सम्पन्न भएको हो । मन्दिर  करिब २ करोड ८२ लाख रुपिया लागतमा जिर्णोद्धार सम्पन्न भएको छ । मन्दीर जिर्णोद्धार समितिको संयोजकहरुमा टोल सुधार समितिका अध्यक्ष अरोजकुमार   खड्गी, कुम्भेश्वर मन्दीरका पुजारी माधव श्याम शर्मा र वंगलामुखी मन्दिरका द्योपाला पुष्प कपाली रहनु भएको छ भने सदस्यहरुमा भण्डारी बालकृष्ण श्रेष्ठ, प्रेम लाल महर्जन, अजर मान जोशी, रवि खनाल, सर्वेन्द्र खड्गी, प्रणव श्रेष्ठ लगायत हुनुहुन्छ । उद्घाटन समारोह अवधीभर कार्यक्रममा मन्दिरका भजन मण्डलले  परम्परागत बाजा बजाएका थिए ।  

मन्दिर उद्घाटन लगत्तै प्रम देउवा र प्रम पत्नी आरजु देउवाले लगायत कुम्भेश्वर मन्दिर  परिसरमा रहेको वंगलामुखी, भैरव लगायत  मठ मन्दिरको दर्शन गर्नुभएको थियो । पूजा पछि प्रम देउवाले निर्माण समितिले तयार गरेको शिलापत्र समेत अनावरण गर्नुभएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *