प्रधानमन्त्री देउवाद्धारा कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन
भदौ ४, २०७८, शुक्रबार | दिउँसो १२:३५ बजे | 5
प्रधानमन्त्री शेरबहादुर देउवाबाट कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन सम्पन्न भएको छ । बिसं २०७२ सालको शक्तिशाली महाभुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरको पूजा गरी मन्दिरको उद्घाटन गर्नु भएको छ । पाँचतले सो मन्दिरको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले मन्त्रोच्चारण गर्नुभएको थियो ।
बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र पत्नी आरजु देउवा राणाले पुजा अर्चना गर्नुभएको थियो । बैशाख १२ र २९गते आएको भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली काग्रेसका सभापतिको हैसियतमा बिसं २०७४ साल बैशाख ३० गते प्रम देउवाले नै मन्दिरको क्षमा पूजा गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...