नेपाल देश रहीरहोस् .......
भदौ ४, २०७८, शुक्रबार | विहान ०६:२५ बजे | 55
कुमार लघु
( गद्य कबिता )
नेपाली जनताका दुष्टहरू
पार्टी टुक्रा उन, दर्ता गर्नसक्रेए
बहुमतसरकार गिराउन र
अरू पार्टीका संसद
सदस्य फकाउन तल्लिन
पार्टीको मात्र हेर्ने हो भने
जनता किन चाहियो र
जनताको टउँकामा टेकी
कुकुरको मासु वेच्ने ठाउँमा पुग्न !
हैट
त्यस्ता नाजायज फाइदा उठाउने ,
त्यस्ता नाठेलाई
आगामि चुनावमा भात नदिऊ
जनताले जिताएकाहरू माहारोगीहरू परे
देश अरूलाई टक्राउनेहरू परे ,
जनताले सोचेर मतहाल्नु पर्छ ,
त्यस्तालाई मत किन दिने ?
एक ,दुई र तीन भएन है !
जनताले अगतिलो मान्छे छान्ने काम भयो
यस्तै हो भने देश अफगानिस्तान वन्छ
दलाल शासकहरू
जनताको
होईन मित्र भने
चिनेरछाड्नु पर्छ ,
जनताको जिवनस्तरमा
के परिवर्तन आयो ?
जनताले वुझनु प–र्याे
स्वार्थी तत्वलाई मत नदेऊ ,
प्र.मा.ओ.बा. कहिवाट संचालित
थाहा लिएर
खाति नेपाली मनकालाई मत दिऊ
देशको सार्वभौमताको निम्ति
दिलो ज्यान लगाई काम गर्ने
उम्मेदवार निर्वाचित गर्न पर्छ ।
निर्वाचित संसदसदस्यले
जनताको निम्ति के गरे
फूर्सतमा मूल्याङ्कण गर्नपर्छ ,
हतारमा र अर्काको लहैलहैमा
मत दिएर
पश्ताउनपरेको छ ,
त्यस्तो आउन नदिऊ ।
गम्भिर भएर
किन मैले
उसलाई मतदिने ?
सकारात्मक कार्यशैली
हेरेर मत दिऊ
न कि देश
नेपालीको भएररही रहोस् ।