दर्शकको मन जित्दै “नगरिहुन्न”


भदौ २, २०७८, बुधबार | विहान १०:५३ बजे | 20


दर्शकको मन जित्दै “नगरिहुन्न”

हास्यब्यङ्ग टेलिसिरियल “नगरिहुन्न” छोटो समयमै दर्शकहरुको मनमा बस्न सफल भएको छ । नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ ७.२५बजे प्रशारण हुँदै आईरहेको सिरियल “नगरिहुन्न” ले भाग २८ सम्म आईरहदा धेरै दर्शकको  मन जित्न सफल भएको छ ।
लेखक÷निर्देशन तथा कलाकार शिबहरि नेपालको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको “नगरिहुन्न” सिरियल लकडाउनका कारण केही समय प्रशारण हुन सकेको थिएन ।
गत २ हप्ता अघि देखि काभ्रेको पाँचखाल र कपनमा नयाँ भागहरु छायांकन गर्दै  नयाँ कथामा आधारित भएर प्रशारण गरिरहेको निर्देशक शिबहरी नेपालले जानकारी दिनुभएको छ । छोटो समयमा कलाकारिता क्षेत्रमा सफलता हासिल गरेका निर्देशक÷कलाकार शिवहरि नेपालले नुवाकोट न्युज डटकम सँग भने–“नगरिहुन्न गाउँ घर मा हुने गरेका तिता मिठा घटना र देश मा भैइरहेका गतिविधिमा आधारित टेलिसिरियल हो ।
कतिपय गाउँघरमा घट्ने गरेका वास्तविक घटनाहरुलाई जोड्ने प्रयास गरेको छु, दर्शकलाई हासोको फोहरा संगै  रोदनको पनि माहोल समाबेस गरेको छु । दर्शकहरुले दिनुभएको सकारात्मक प्रतिक्रियामा अत्यन्तै खुसी छु, मेरा भगवान रुपि दर्शकसामु मैले न्यायनै गरेको रहेछु जस्तो महसुस भएको छ।”
उहाँले अब आगामि दिनमा सिरियल लाई आझै परिमार्जित गर्दै कथा विषयबस्तुमा स्तरउन्नती गरि अगाडी बड्ने बताउनुभयो । यो सिरियलमा राष्ट्रियस्तरका ख्याती प्राप्त आब्बल कलाकारहरु रबि गिरि, रमा थपलिया, रोसनी सापकोटा, शिबहरि नेपाल, अस्मिता बस्नेत प्रमुख भुमिकामा रहेका छन भने रबिन दाहाल, बिष्णुहरि रिमाल, बन्दना कार्की, कुबेर तमाङ प्रसिद्ध नेपाल, रोशन पोख्रेल लगायतका अन्य कलाकारहरुको पनि अभिनय रहेको  छ ।
यसअघि युटुबमार्फत प्रसारण भईरहेको सिरियल अब भने “नगरीहुन्न” को आफ्नै  युटुब च्यानल मर्फतनै प्रसारण हुन थालेको छ ।


Comments