कुकुर र स्याल


साउन ३२, २०७८, सोमबार | दिउँसो ०३:३४ बजे | 40


कुकुर र स्याल

कुमार लघु
संसदमा खसीको मासु देखाएर
कुकुरको मासु वेच्नेथलो
कुकुरले स्याललाई लघार्छ ,
स्यालले कुकुरलाई लघार्छ नै
कुकुर र स्याल सभा गर्दै
आवश्य कुकुरले स्याललाई खान्छ ,
स्यालले कुकुर मात्तेको संकेत दिन्छ
दुवै एकआपसमा छक्का छ
अर्कालाई देखेर ससंकित
दुवैलाई थाहा छ,
धेरै बेर एकसाथ रहन सकिन्दैन्
एकले आर्काे पार्टीलाई भुकम्प ल्याउँछ ,
यी दुई कुकुर र स्याल पार्टीकाहरू
पद र सम्पत्तिका भोकाहरू
इज्जत गए नि हुन्छ पद् र
सम्पत्तिको भोकाहरू !
जनताको आँखामा पट्टि लगाउँनेहरू
देशको वुध्दिजीवीहरू ससंकित र छक्क
खोई ! देश वेचुवा पार्टीलाई विश्वास ?
हैट ! जनता पनि अजिव किसिमका ,
सलबलाउन थाले
एक अर्कासंग बस्न नसकिने रे !
मिल्न नसकिने एकअर्कालाई थाहा थियो
यस्तैलाई बर्खाको भेलले बगाए ठिक हुने
जनताको भेलले दुई स्याल र
कुकुर वगाए वेस ।
हाई सञ्चो जनताले महसूस गर्ने थियो ।
२०७८÷०४÷३२

Comments