फेरी ट्रोलको सिकार बनिन् कन्ट्रोभर्सी क्विन बलिउड नायिका कंगना
साउन ३२, २०७८, सोमबार | विहान ०१:३३ बजे | 25
कन्ट्रोभर्सी क्विन बलिउड अभिनेत्री कंगना रनौतलाई विवादले कहिले पनि छोड्दैन । जे मा पनि विवादित भई रहने कंगनाको फिल्मको चर्चा नभए पनि उनले गरेका कृयाकलाप भने पेज थ्रीको गसिप नै बन्छ । फेरी पनि विवादको घेरामा परेकी छिन् । एक तस्बिरको कारण यती बेला उनको चर्को आलोचना भएको छ पार्टीमा कंगनाले लगाएको पहिरनका कारण उनको आलोचना भएको हो । पारदर्शी कपडा लगाएकी उनले अहिले ट्रोलका सामना गर्नुपरेको छ ।
कंगनाले प्रायः अरूलाई पहिरनका बारेमा सुझाव सल्लाह दिइरहने गरेकोमा उनी आफैँले यस्तो पहिरन लगाएको भन्दै आलोचना भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्बिरमा आलोचकहरूले विदेश जानासाथ कंगनाले संस्कृति बिर्सिएको आरोप लगाएका छन् । साथै उनी बाट यस्तो अपेक्षा नरहेको फ्यानहरूको भनाइ छ ि