समदर्शीमा एकदिने ऋण ब्यवस्थापन कार्यशाला
साउन ३१, २०७८, आइतबार | विहान ०६:०९ बजे | 30
भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को ऋण उपसमितिको आयोजनामा एकदिने ऋण ब्यवस्थापन कार्यशाला कार्यक्रम महेश्वरीस्थान वडा नं. ८ स्थित संस्थाको भवनमामा शनिबार सम्पन्न भयो ।
उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, प्रबन्ध निर्देशक तथा कार्यक्रमका सहजकर्ता हरिराम लवजूले यस एकदिने ऋण ब्यवस्थापन कार्यशाला कार्यक्रमबाट ऋण लगानीदेखि ऋणको ब्यवस्थापन, ऋण असुली, ऋण सम्बन्धी सहकारी ऐन तथा नियमावलीमा भएका ब्यवस्थाको जानकारी मिल्ने र संस्थामा भविश्यमा ऋण सम्बन्धी कुनै समस्या आएको खण्डमा त्यसको समाधान कसरी गर्ने तथा ऋणको कानुनी प्रकृयाकोबारेमा जानकारी हुने कुरामा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले संस्थामा नयाँ कार्यसमिति चयन भएर आइसकेपछि संस्थाको महत्वपुर्ण पाटोको रुपमा रहेको ऋण लगानीको बारेमा सबै पदाधिकारीहरुले बुझ्नै पर्ने भएकोले यो कार्यक्रमको आयोजना भएको औल्याउनु भयो । संस्थाका सचिब तथा ऋण उपसमितिका संयोजक विश्वबहादुर दुवालले संस्थाको ३ महिने कार्ययोजना अन्र्तगत ऋण ब्यवस्थापन कार्यशालाको आयोजना गरिएको प्रस्त पानुभयो ।
कार्यक्रममा सहजकर्ता हरिराम लवजुले ऋण सम्बन्धी आधारभुत विषय र सिद्धान्तहरु, ऋण लगानी शिर्षक,सीमा,प्रशासनिक प्रकृया र स्वीकुति तथा ऋण असुली ताकेता प्रकृया र असुली सम्बन्धी कानूनी ब्यवस्था गरि ३ चरणमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रमको समापन समारोहमा सञ्चालक समिति सदस्य कृष्णगोपाल लागेजू, तुल्सीकाजी मानन्धर तथा विनिता मानन्धरले आ–आफ्नो अनुभव सुनाएका थिए भने कार्यक्रममा कृष्णराम दुवाल, बद्रीप्रसाद अवाल, प्रमिला रंजित,शर्मिला दुवाल, उमा प्रजापति,आसराम सुवाल,सुरेन्द्र ख्याजूले बोल्नुभयो । कार्यक्रमको सभापतित्व ऋण उपसमिति संयोजक विश्वबहादुर दुवालले गनुभएको थियो । कार्यक्रमा सञ्चालक समिति पदाधिकारी,उप सिमिति सदस्य तथा कर्मचारीहरु गरि जम्मा २२ जनाको सहभागिता रहेको थियो ।