छाब्दीमा भदौबाट नियमित पूजा
साउन ३०, २०७८, शनिबार | विहान ०८:२८ बजे | 0
बिराज अधिकारी
तनहुँ । मनोकांक्षा पुरा गर्ने देवीकाप्रसिद्ध तनहुँको छाब्दी बाराही मन्दिरमा लामो समययता रोकिएको नियमित पूजा भदौबाट शुरु हुने भएको छ । निषेधाज्ञा तथा बाढी पहिरो लगायतका कारण मन्दिरमा लामो समयदेखि नियमित पूजा रोकिएको छ ।
हालै बसेको छाब्दी बाराही विकास कोषको बैठकले यस्तो निर्णय गरेको थियो । अब भदौबाट निषेधाज्ञाका कारण बाह्य श्रद्धालुका लागि मन्दिर नखुले पनि नियमित आन्तरिक पूजा निरन्तर गरिने व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।
[[img2]]
आन्तरिक पूजा खोलिने भए पनि तत्काल निषेधाज्ञाका कारण अरु श्रद्धालुका लागि पूजा नखुल्ने भएकाले मन्दिरको टाउकाको ठेक्का भने नलगाउने र अर्को व्यवस्था नभएसम्म कोषले नै व्यवस्थापन गर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।
फाेटाेमा हेर्नुहाेस्...