आज नाग पञ्चमी ः हेर्नुहोस नागपचमीको नालीबेली


2021-08-13 01:10:42

News Image

हाम्रा धर्म ग्रन्थहरुमा नागको चर्चा निकै भएको पाइन्छ । धेरै नागलाई असल चरित्रमा चित्रण गरेको पाइन्छ भने कुनैलाई खराब । जस्तैकिः अनन्त नाग, पद्म नाग, कल्की नाग, शंख नाग, महादेवको गलामा रहने बासुकी नाग, यस संसारलाई आफ्नो शिरमा धारण गर्ने शेष नाग, नेपाल मण्डल दह अवस्थामा रहन्दा यहाँ बिराजमान हुनु भएका कर्कोतक नाग सबै असल चरित्रका हुन भने कालिया नागलाई पहिले खराब चरित्रको देखाएपनी पछि राम्रो चरित्रको देखाएको छ । नागले देव तथा मानवहरुलाई हरदम सहयोग गरेको कथाहरु हामीले सुन्न सक्छौ तसर्थ हाम्रो धर्म ग्रन्थमा नागलाई देवताको स्थान दिएको पाइन्छ । यी नागहरुले मानव कल्याणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।
नाग बारे एक कथा रहेकोछ ।
राजा परिक्षितको मृत्यु पछि उनका छोरा जन्मजयले यस धर्तीबाट नाग जाती मेटाउने एक यज्ञ गरियो । पछि यस लोकबाट नाग जाती लोप भएमा संसारको संहार हुने भएकोले सबैको सम्झाइपछी उक्त यज्ञ रोक्यो । बैज्ञानिक तथ्य अनुसार पनि इकोसिस्टममा नाग (सर्प) हरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । यदि नाग नरहेको खण्डमा यो इकोसिस्टम नै बिग्रीन्छ ।
असार महिनामा धान रोप्नको लागि पानी अति आवश्यक पर्दछ भने धान रोपि महिनौ दिन निरन्तर पानी परेमा धान राम्रोसंग नपाक्ने भएका कारण यस समय पानी पर्नुलाई राम्रो मानिन्दैन । भ्यागुतो कराउनुलाई पानी पर्नुको संकेत मान्दछ्न भने नाग (सर्प) देखिनुलाई पानी रोक्नुको संकेत मान्दछ । तसर्थ नागहरुको महिमा धेरै रहेका कारण नाग पञ्चमीका दिन नागहरुको पुजा गर्ने गर्दछ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *