नवदुर्गामा भोलि खँःम्ये भित्राउने
भक्तपुर । नकीं बनाउने सहमति भएसँगै बुधवारबाट नवदुर्गा भवानीको बिधिवत पुजा सुरु भएको छ । २०७८ श्रावण २२ गते गथामग चर्हेमा गर्नुपर्ने पुजा नकीं विवादका कारण ६ दिनपछि आज बुधवार क्षमापुजा गरेर पश्चात बिधिवत सम्पूर्ण पुजा सुचारु गरेको हो।
क्षमापुजा गरिसकेपछि याछेंस्थित मुकुन्दो बनाउने घरमा गई बिशेष पूजाआज गरी महादेव सिद्ध गरिएको जनाएको छ। आजका दिनदेखि नवदुर्गा देवगणले लगाउने मुकुन्दो बनाउने काम शुरु गर्ने भएको छ। मुकुन्दो चित्रकारले बनाउने प्रचलन चलिआएको छ। त्यस्तै जात्राभरीलाई चाहिने माटोका भाडाकुडा बनाई दिने तालाक्वस्थित कुम्ह (प्रजापति)हरु कहाँ गएर पुजाको गरेका थिए।
नवदुर्गा जात्रा ब्यवस्थापन समितिका अध्यक्ष ब्रिजेश बनमालाले भोली खँःम्ये नवदुर्गा द्योःछें भित्राउने भएको जानकारी गराए। विजयादशमीको महानवमीका दिन साँझ नवदुर्गा द्योछेंबाट खँःम्ये जात्रा गरी ब्रम्हायणी पु¥याउने परम्परा छ। नवमीको राति नवदुर्गा देवगणले ब्रम्हायणी मन्दिर परिसरमा पुजा गरी बली चढाएपछि देवगणले पूर्णता पाउने परम्परा छ। विजयादशमीको दिनदेखि जिवित देवता नवदुर्गा नाँचको शुरुवात हुने गर्छ।
मंगलबार भक्तपुरको प्रसिद्ध जिवित देवता नवदुर्गा नाचको नकींको बिवाद टुंगिएको थियो। यस वर्ष जात्रासँग सम्बधितहरुको आन्तरिक सहमतिमा (धलःपौ)को आधारमा इन्दिरा बनमाला नकीं भएको हो।