लगन गाँठो कस्ने तयारीमा आलिया र रणवीर
साउन २७, २०७८, बुधबार | विहान ०२:४८ बजे | 5
बलिउड सेलेब्रेटी आलिया भट्ट र रणवीर कपुर यसै वर्ष विवाह बन्धनमा बाधीने भएका छन् । लामो समय देखी एक अर्काको प्रेममा रहेको यो जोडीले विवाह गर्न लागेको अभिनेत्री लारा दत्तले बताएकी हुन् । एक अन्तर्वातामा रणवीर र आलियाले यसै वर्ष लगन गाँठो कस्ने उनले अभिव्यक्ति दिएकी छिन् । यसो त रणवीरले पनि एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि कोरोना महामारी फैलिएको थिएन भने अहिलेसम्म म विवाह गरिसकेको हुन्थेँ।’
रणवीर र अलियाको प्रेमको सुरुवात फिल्म ‘ब्रहस्त्र’को सुटिङ सेटबाट भएको थियो । आलिया र रणवीरले एक अर्काको प्रेममा रहेको कुरा सार्वजनिक रूपमै व्यक्त गरी सकेका छन् । पछिल्लो समयमा कसैको प्रवाह नगरी सार्वजनिक रूपमै एक अर्कासँग हातमा हात राख्दै कार्यक्रममा उपस्थित हुनेदेखि लिएर स्टेजमा रोमान्टिक डान्स गर्दै रणवीर र आलियाले आफ्नो प्रेम दुनियाँको अगाडि दर्साइसके ।