यसरी समाधान भयो भक्तपुरको नवदुर्गा द्योंछेको नकीं विवाद


2021-08-10 14:35:16

News Image

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला नाइके) को बन्ने भन्ने विषयमा भएको विवाद सल्टिएको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, नवदुर्गा जात्रा व्यवस्थापन समितिका पदाधिकारीहरु, वनमान समाज सेवा समितिका पदाधिकारीहरु, देवगणहरु तथा सरोकारावालाहरुको मंगलबार बसेको संयुक्त बैठकले समस्या सल्टाएको हो । वैठकले औपचारिक निर्णयसमेत गरी भविष्यमा पनि समस्या नआओस भनी दीर्घकालिन निर्णयसमेत गरेको जनाएको छ ।
निर्णय अनुसार अवको नकीं बन्ने पालो विवादित दुईमध्येका एक इन्दिरा बनमालालाई बनाउने निर्णय गरिएको छ । त्यस अनुसार इन्दिराले पाटन उच्च अदालतमा गरेको मुद्धा फिर्ता लिन लगाउने निर्णय गरिएको छ । त्यसका लागि इन्दिराले मंगलबार नै दायर गरेको रिट फिर्ता लिन पक्रियासमेत सुरु गरिएको जनाइएको छ । पक्षविपक्षका इन्दिरा बनमाला र हरिगोविन्द बनमालाको परिवार दुवैजना मंगलबार नै उच्च अदालत पाटन पुगी मुद्धा फिर्ताका लागि निवेदन दिएको जनाइएको छ । विहानै सहमति भएपछि दुवै पक्षले मुद्धा फिर्ताका लागि निवेदन दिन गएको त्यो दर्तासमेत भएकोले त्यस अनुसार अदालतले निवेदन वदर गरिदिने जनाइएको छ ।
सहमति अनुसार विवादितमध्येका अर्का हरिगोविन्द बनमालाको परिवाको पालो अर्काे पटक  दिने निर्णय गरिएको छ । त्यस अनुसार हरिगोविन्दको पालो अर्काे पाँंच वर्षमा मात्रै आउनेछ । नवदुर्गाको नकींको पालो प्रत्येक वर्ष फेरवदल हुन्छ । तर एक पटक जुन टोलले पायो त्यही टोलका बनमालाले निरन्तर पाँंच वर्षसम्म पाइरहने भएकाले नकीं प्रत्येक वर्ष फेरिने भए पनि विवादित हरिगोविन्दको परिवाको नकींले अर्काे पाँंचौ वर्षमा मात्रै नकीं पालो पाउने भएको हो । विवादितमध्येका इन्दिरा र हरिगोविन्दको बसाईको टोल छुटाछुटै पर्दछ । यो पटक इन्दिराले पाएपछि अर्काे वर्ष इन्दिराकै टोलको बनमालाले पाँंच पटक अर्थात पाँंच वर्षसम्म पाइरहनेछन । इन्दिराको टोलको बनमालाहरुले पाँंच पटक पालो पाएपछि  मात्रै हरिगोविन्दको टोलको पालो आउनेछ र पहिलो पटक हरिगोविन्दको पालो आउने छ ।
द्योछेंमा साँंझ सरोकारवाला सवै पक्षलाई बोलाई विहान गरिएको निर्णय सुनाइएको थियो । द्योछें रहेको भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले द्योछेंमै सवैलाई बोलाएर निर्णय सुनाएका थिए । भक्तपुर नगरपालिका वडा नं ७ का वडाअध्यक्ष उकेश कवाँं, भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वलगायतको रोहबरमा विहान सरोकारवाला सवैले सहमति जनाई हस्ताक्षर गरेको जनाइयो । बैठकले आगामी दिनमा पनि यस्तै समस्या नआओस् भनेर स्थानीय समस्या स्थानीय रुपमै समाधान गर्ने गरी अदालतमा सधैंका लागि नजाने निर्णय गरिएको जनाइयो । निर्णयमा नवदुर्गा जात्रा व्यवस्थापन समितिका अध्यक्ष बृजेश बनमालालगायतका दर्जनौ सरोकारावालाहरुको हस्ताक्षर रहेका छन् ।
यसअघि पनि यस विवाद समाधानका लागि द्योछें रहेको भक्तपुर नगरपालिका वडा नं ९, जिल्ला प्रशाशन कार्यालयलगायतका ठाउँंठाउँंमा पनि पटक पटक छलफल भएको थियो । तर समस्याले समाधानको रुप लिन पाएको थिएन ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *