आज भक्तपुरभरि पेभौ पेभौ पेभौ


2021-08-06 01:37:20

News Image

टोलटोलमा मान्छे मार्ने राक्षस मारेको सम्झनामा शुक्रबार भक्तपुरभरिका टोलटोलमा धूमधामकासाथ घण्टाकर्ण चतुर्दशी पर्व मनाइँंदै छ । यस पर्वलाई स्थानीय नेवार समुदाय गथांमुगः चह«े भनेर बुझछन् ।  
विशेष गरी उपत्यकाका टोलटोलका दोवाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङलोलगायतले बनाएको राक्षसरुपी गथांमुगको साँंझ दाहसंस्कार गरी पर्व मनाइने चलन छ । यस क्रममा यहाँंका टोलटोलमा सयौं गथांमुगको दाहसंस्कार गरिने छ ।  
गथांमुग बनाउन टोलटोलमा स्थानीयस्तरमा नर्कट, छ्वाली, परालको संकलन गर्ने गर्दछन् । संकलित नर्कट, छ्वालीबाट तीनखुटे गथांमुग बनाइन्छ । साथै घरमा फाल्नुपर्ने पुरानो नाङलोमा मुख, नाक, कानलगायतका ज्ञानेन्द्रिय अंग लेखी हाँंडीको टाइको दिइएको हुन्छ ।
गथांमुग बनाउँंदाको विशेषता भनेका ेयौन अंग झल्काउनु रहने देखिएको छ । दुईवटा ठूल्ठूला भोगटे अण्डाशयको रुपमा झुण्डाएर त्यसको वीचमा लठीमा परालले घेरेर लामो लिंगोका साथ यौन अंग प्रदर्शन हुने गरी गथांमुग बनाइएको हुन्छ ।  
टोलबासी मिलेर साँंझ टोलटोलमा गथांमुग बनाएपछि त्यसलाई बोकेर दाहसंस्कारका लागि लिएर गएका हुन्छन् । सहभागी बाँंकी सयौंले छ्वालीको राँको बालेर दाहसंस्कारमा सहभागी भएका हुन्छन् । यस क्रममा उनीहरुले अश्लिल भाका लगाउने चलन छ । टोलटोलमा बनाएको गथांमुगलाई टोलबाट पूर्वमा अवस्थित नजिकैको दोवाटो, चौबाटोमा जलाइन्छ ।
कला संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार यो पर्व पर्वमा मात्रै सिमित नभई यससँंग वैज्ञानिक कारण पनि जोडिएको सुनाउँंछन् । रापाईपछि झारका कारण वढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने बैज्ञानिक कारण यो पर्वसँंग जोडिएको उनी तर्क राख्छन् । जिउभरि घण्टा झुण्डाएर बस्ने भएकाले उनको नाम घण्टासुर रहेको उनी प्रष्ट्याउँछन् ।
दाहसंस्कारबाट फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुवा, पोखरी, इनार आदिमा पुगी चोखिने चलन यद्यपि छ । फर्केपछि दाहसंस्कारमा सहभागी फर्केर आआफनो घरमा छ्वाली बालेर धुवाले घरलाई सेक्ने चलन छ । साथै आआफनो घरको ढोकामा किला ठोक्ने पनि गरेर सम्हे बजी (भोज) खाने चलन छ ।  पर्वका दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर गर्ने प्रचलन अहिले पनि छ ।
घण्टाकर्ण चतुर्दशीका विषयमा एउटा प्रसिद्ध किम्बदन्तीसमेत रहेको छ । परापूर्व कालमा नेपालमा गथांमुग नाम गरेको एउटा नास्तिक थियो, जसलाई सत्य निष्ठामा रहेका मानिस मन पर्दैनथ्यो । सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित जगात (पैसा) उठाउने यसको नियमित दिनचर्या हुन्थ्यो । पैसा नदिने मानिसलाई मारेर मासु खान्थ्यो । महिलालाई बलात्कार गथ्र्यो र राम्रा जतिलाई श्रीमती बनाउँथ्यो । घण्टाकर्ण राक्षसको यस्ता क्रियाकलापबाट सबै  मानिस आतङ्कित थिए । एकदिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसित भयो । घण्टाकर्णले भ्यागुतोसित मानव बस्ती कता छ भनी सोध्दा घण्टाकर्णको आतङ्कबाट पीडित भ्यागुतोले गहिरिएको हिलोबाटो देखाउँदै त्यतैबाट जान भन्यो । अलिपर पुग्नासाथ घण्टाकर्ण गहिरो हिलोमा फस्यो । उसले आफ्नो विशालकाय शरीर बाहिर निकाल्न सेकेन । यही मौका छोपेर घण्टाकर्णबाट पीडित सबै मानिस जम्मा भएर ढुङ्गामुढा र लाठाले हिर्काएर मारिदिए । यसरी नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाए । मानवता विरोधी घण्टाकर्ण मारिएको दिन श्रावण कृष्ण चतुर्दशी परेकाले यस दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्न थालिएको जनविश्वास छ । तर हिजोआज इतिहासविद्हरुले घण्टाकर्ण राक्षस नभई भगवान भएको तर्क पनि राख्न थालेका छन् ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *