सुनको मूल्य घट्यो


2021-08-02 07:41:44

News Image

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।


यस दिन तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको छ ।  तर, यता चाँदीको मूल्य भने केही दिन यताको लगातार स्थिरता सोमबार समेत कायमै राख्दै प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *