नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत
साउन १७, २०७८, आइतबार | विहान ०६:३४ बजे | 5
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको सेयर सूचिकृत भएको छ । जसमध्ये एक कम्पनीको आईपीओ र २ कम्पनीको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ, आईएमई जनरल इन्स्योरेन्स कम्पनी र सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ ।
कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
कम्पनीले दोश्रो बजारमा कारोबारका लागि व्द्यीद्य सिम्बोल पाएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको ७ प्रतिशत बोनस वापतको ७ लाख ५७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त प्रस्तावित लाभांश कम्पनीको वैशाख १२ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित भइसकेको छ ।
नेपाल हाइड्रो डेभलपर्स लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको १५ प्रतिशत बोनस बापतको ३ लाख ९० हजार कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।