असम्भव छैन्.....
साउन १६, २०७८, शनिबार | विहान ०७:०६ बजे | 50
नेपाली जनता एमसिसी चाहान्दैन्
सरकार जनताले नचाहेकोमा हात किन ,
सरकार जनताको हुनु पर्ने हो नि ?
जनताको विरूध्द किन सरकार लाग्छ ?
कस्तो विडम्वना ! हाय नेताहरू कानो !
जनताको जिऊ ज्यानमाथी रजाईगरि
जनताकले सार्वभौमसत्ता वचाउन मर्नपर्ने ,
पुलिसको कुटाई खानपर्ने र रगत बगाउन पर्ने
जनताको सरकार विरोधी हेर्नपरेको ,
के सरकार जनताको हुन नचाहेको हो ?
जनताले राम्रा जनताको छोराछोरी चुनौ
सत्तमा गयो कि नै जनताको विरूध्द किन ?
जनप्रतिनिधिले विचारखोई परिवर्तन गरेको !
परिवर्तन आफैले गर्ने हो,सम्भव छ,असम्भव छैन्
सत्तामा गए जति दिमाग सच्याउन किन प–र्याे
जनताहरू तीनछक्क परेकाछन् ,आश्चर्य हो ।
२०७८÷०४÷१६ गते
कुमार लघु ,