फरक
साउन १५, २०७८, शुक्रबार | विहान ०५:५९ बजे | 20
सुनील सापकोटा
हात खुट्टा भएर पनि
श्रम गर्न चाहानु हुन्न भने
तपाईं लाई डुँडे , लंगडे भन्दा
के फरक पर्ला र ?
आँखा भएर पनि
अक्षर चिन्नु भएको छैन भने
तपाईं लाई अन्धो भन्दा
के फरक पर्ला र ?
जब तपाईं बलियो बाङ्गो भएर पनि
अरुको कमाइमा रमाउन चाहनुहुन्छ भने
तपाइँ लाई अपाहिज भन्दा
के फरक पर्ला र ?
त्यस्तै ....
जब खुशीमा हाँस्न सक्नु हुन्न भने
जब दुःखमा रुन सक्नु हुन्न भने
जब चाड पर्वमा रमाउँन सक्नु हुन्न भने
जब एक ठाउँ बाट जान – आउँन सक्नु हुन्न भने
जब मनको कुरा बोल्न सक्नु हुन्न भने
तपाईं लाई मृत जस्तो भन्दा
के फरक पर्ला र ?
धन्यवाद !