‘पठान’मा दिपिकाको अन्तर्राष्ट्रिय स्तरको एक्सन
साउन १४, २०७८, बिहीबार | विहान ०५:५७ बजे | 30
लामो समय देखी चर्चामा रहेको शाहरुखको आगामी फिल्म ’पठान’ हो। घोषणा देखी नै चर्चामा रहेको यस फिल्म अहिले छायाङ्कनको क्रममा रहँदा पनि चर्चा रोकिन छाडेको छैन। पछिल्लो समय त फिल्ममा दिपिका पादुकोणको एन्ट्री रहेको खबरले रँग क्षेत्रमा छुटै तरङग ल्याएको छ। भारतीय सञ्चार अनुसार दिपिकाले फिल्ममा अन्तर्राष्ट्रिय स्तरको एक्सन गर्ने खबर उल्लेख छ।
दीपिकाले फिल्म ‘पठान’मा अहिले एक्सनका सिक्वेलको सुटिङ गरिरहेकी छिन्। फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ। जुन एक्सन उनले केही समय अघि हलिउड फिल्ममा गरेकी थिइन्। शाहरुख र दीपिकाको अलवा जोन अब्राहम समेत मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा निर्देशक सिद्धार्थ आनन्दले ’पठान’को निर्देशन गरेका छन्।