गोल्मढीका एकजना किसान जो प्रतिष्ठित व्यवसायी भएर गए


साउन १४, २०७८, बिहीबार | विहान ०४:५९ बजे | 55


गोल्मढीका एकजना किसान जो प्रतिष्ठित व्यवसायी भएर गए

भक्तपुर । भक्तपुरका पुराना एवं प्रतिष्ठित व्यवसायी शिवभक्त सुकुपायोको बुधबार दाहसंस्कार गरिएको छ । लामो समयदेखि क्यान्सर एव प्यारालाइसिसबाट पीडित भएका ६४ वर्षका उनको मंगलबार भारतको बुम्वईस्थित टाटा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । भारतबाट विमानमार्फत नेपाल ल्याई भक्तपुरको हनुमानघाटमा दाहसंस्कार गरिएको हो ।  
भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीमा सामान्य किसान परिवारमा एक्ला छोरोको रुपमा जन्मिएका उनी जिल्लाभर एक सफल व्यवसायीको रुपमा सुपरिचित व्यक्तित्व हुन् । सामान्य मात्रै लेखेपढ गरेका भए पनि सफल एवं चर्चित व्यवसायी वन्न सफल उनले जीवनको झण्डै साढे चार दशक समय उद्योग व्यवसायमा संघर्ष गरेर विताएका थिए ।
संघर्ष गरेपछि सफलता हासिल गर्न सकिन्छ भन्ने मान्यताका साथ निरन्तर संघर्षरत उनी जिल्लाकै पुराना, सफल एवं प्रतिष्ठित व्यवसायीमध्येका एक हुन् । स्वदेशमै व्यापार व्यवसाय गरी स्वदेशमै रोजगारी सृजना गर्नुुपर्छ भन्ने मान्यताका साथ उनी निरन्तर व्यापारव्यवसाय क्षेत्रमा समर्पित भएर लागिपरका थिए ।
उनी भक्तपुरका धेरै इटा उद्योगीहरुमध्ये पुराना इटा उद्योगी हुन् । नेपाल इटा उद्योग व्यवसायी महासंघका वरिष्ठ सल्लाहकार एवं जिल्लाका पुराना इटा उद्योगीमध्येका एक विश्वराम कवांले स्वर्गीय शिवभक्त जिल्लाका पुराना इटा उद्योगीहरुमध्येका एक भएको बताए । किसान परिवारभित्र जन्मेर पनि संर्घर्ष गरेर सफल र प्रतिष्ठित व्यवसायी बन्न स्वर्गीय शिवभक्त सफल भएको कवांले बताए ।
भक्तपुर उद्योग वाणिज्य संघका महासचिव शिवप्रसाद मानन्धरले पढेलेखेको नभए पनि किसान परिवारमा रहेर निरन्तर संघर्ष गरी व्यापार व्यवसायमा लागेका उनी भक्तपुरको मात्रै नभई नेपालकै नमूना व्यवासयी रहेको बताउँंछन् । नयाँं पुस्ताका व्यवसायीले उनीसँंग धेरै सिक्नुपर्ने महासचिव मानन्धर बताउँंछन् ।
स्वर्गीय शिवभक्तको इटाभटा, हार्डवेयर, होटेल रेष्टुरेन्टलगायतमा लगानी रहेका छन् । उनका तीन छोराहरु र सात छोरीहरु छन् । उनको पार्थिव शरिरलाई बुधबार भारतबाट विमानमार्फत साँंझ नेपाल ल्याइएको थियो ।  उनको पार्थिव शरीरलाई उनका ठूला छोरा सुरेश सुकपायोले दागवती दिएका थिए । यसअघि उनको पार्थिब शरीरलाई श्रद्धासुमनको लागि हालको उनको निवास भक्तपुर जगातीमा केही समय राखिएको थियो । उनको निधनप्रति भक्तपुर उद्योग वाणिज्य संघलगायतका जिल्लाका व्यवासायिक संघसंगठनहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Comments