हामी देश बचाउ सार्वजनिक


साउन १३, २०७८, बुधबार | विहान ०१:४१ बजे | 25


हामी देश बचाउ सार्वजनिक

ललितपुर । बहुमुखी प्रतिभाका धनी अजय कार्किले राष्ट्रप्रति  मायां दर्शाउदै  हामी देशलाई बचाऊ भन्ने सृजना आफ्नै आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन ।
देशमा रहेका प्राकृतिक सम्पदाहरुको हाम्रो पुर्खाहरुले हिफाजत गरेर  राखेका कारण आज हामी विश्वको सामु हाम्रो  छुट्टै महत्वका साथ छाती फुलाएर वीर गोर्खालीको नामले चिनिन पाएको कुरालाई देखाउन  खोजिएको छ ।
उक्त सृजनामा आफ्नै लय शव्द भरेका कार्कीले एरेन्जरको काम पनि आफै गरेका छन्।  
महानायक राजेश हमाल, गायक, नायक पत्रकार नाम एक कामको रुप अनेक बहुप्रतिभाशालि व्यक्ति  शिशिर भन्डारी,  दिपेन्द्र सुनाम, गीता ढुङ्गाना, कबिता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जल गुरुङ, जोन थापा  मगर लगायतका  कलाकारहरुले  अभिनय गरेको गितमा निरन श्रेष्ठको निर्देशन, अमोन रानाको कोरियोग्राफी रहेको छ भने छायांकन  उत्सव दाहालले गरेका छन्।
गितलाई धेरै मिहिनेत गरेर तयार गरिएकोले आम दर्शक श्रोताले  रुचाउने हुनेछ  भन्ने कुरा गितका सर्जक हामिलाई बताउनुहुन्छ ।

Comments