गुरु महिमा
साउन १०, २०७८, आइतबार | विहान ०९:४८ बजे | 20
डा. इन्दुल केसी
आज हामी सवैले याद गरौं
तैत्तरिय उपनिषदको एउटा मन्त्र ।गुरुब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः
गुरुर्साक्षात परब्रम्ह तस्मैश्री गुरुवे नमः
दिएका गुरुले त्यो शिक्षा दिक्षा
तन्त्र, मन्त्र, यन्त्र, कला कौशल
छ हैं यसैमा हामी सवको भलो असल ।
तुच्छ स्वार्थ त्यागेर गरौं सेवा
देश र जनता जनार्दनको ।
विर्सेमा गुरुको सदवाणी हामीले
सार्थक हुनेछ त्यो जगजाहेर कहावत
भाइभाइ फुटे, लुट्ने छ पराइले ।
याद गरौं आज ती पुजनिय गुरुहरु
व्यास, बशिष्ठ, दतात्रय, शंकराचार्य, स्वामी विशुद्धदेव ।
आज हामी सवैले याद गरौं
तैतरीय उपनिषदको एउटा मन्त्रः ।
गुरुब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः
गुरुर्साक्षात परब्रम्ह तस्मैश्री गुरुवे नमः
२०७८ श्रावण ९ गुरु पूर्णिमा...