सन्दर्भ ः गुरु पुर्णिामा


साउन ९, २०७८, शनिबार | विहान ०४:५८ बजे | 30


सन्दर्भ  ः गुरु पुर्णिामा

                  
सुनील सापकोटा 
आज गुरु पुर्णिामा र ब्यास जयन्ती हो। ऋषि पराशर र सत्यवतीको संगम बाट हिन्दू धर्मावलम्बीको ग्रन्थको रचयिता कृष्णा  – द्विपयण ब्यासको जन्म भएकोले आजको दिन लाई ब्यास पुर्णिामा पनि भनिन्छ । ब्यास एउटा विद्वान सन्त थिए। उनि सङ  प्रचुर ज्ञानको भण्डार थियो।
प्राचीनकालमा  त्यो बेला  श्रुतीको रुपमा  विभिन्न ऋषिमुनी , योगिहरु , सन्तहरु , ज्योतिषी र आयुर्वेदाचार्यहरु आदि सङ छरिएर  रहेका  वेद लगायत शास्त्रहरु र विभिन्न  ज्ञानका कुराहरु  र घटनाहरु लाई ब्यासले लिपिवद्ध  गरेका थिए। उनले वैदिक स्तोत्रहरु लाई जम्मा पारेर त्यस्मा भएका कुरा बिषयगत आधारमा चार भागमा बिभाजन गरे। १) ऋग्वेद २) यजुर्वेद ३) सामवेद  ४) अथर्ववेद । त्यसैले उनलाई  हिन्दूहरुले आदरणीय गुरु मानेका होला भन्ने मलाइ लाग्छ ।
आजकै दिन बुद्ध मार्गीहरुले पनि  एउटा पर्वको रुपमा  बुद्ध लाई गुरु मानी  सम्झना गर्ने गर्छन। भनिन्छ कि आजको दिन भारतको बनारस स्थित सारनाथ भन्ने स्थानमा बुद्धले आफ्ना चेलाहरु लाई पहिलो उपदेश दिएका थिए  अरे। 
त्यस्तै भगवान शिवलाई पनि हिन्दुहरुले  यो दुनियाँको पहिलो गुरु भनेर मान्ने गर्छन् । तर म चाहिँ   मेरो पहिलो एकमात्र  गुरु आफ्नो आमा लाई  मात्र मान्छु । बिचार आ आफ्नो हो। 
मलाई लाग्छ एउटा मानवको जिवनमा उस्का धेरै गुरुहरु हुन सक्छन।  तर  हिन्दू दर्शनको  आध्यात्मिक हिसाबले हेर्दा जसले  सत्य र मानवताको ज्ञान  दिंदै मृत्यु पछी पनि मोक्षको मार्ग देखाउँछ त्यो चाहिँ वास्तविक गुरु हो अरे । 
आज  म मेरो जिवनका ती  तमाम गुरुहरु लाई सम्झिदै छु जस्ले मलाइ स्कुल देखि कलेज सम्म पढाएका थिए। ज –  जस्ले खेलकुद क्षेत्रमा  मलाइ  विभिन्न खेलहरुमा कोच गरेका थिए  । मलाई मोटर साइकल र मोटर चलाउन सिकाएका थिए आदि इत्यादी  ती तमाम  गुरुहरु लाई मेरो प्रणाम छ । हुनत हिजोआज मेरो गुरु न्ययनभि पनि  भएको छ । हा .. हा ..हा .. 
धन्यवाद !

Comments