‘ओ माई गड २’ मा पनि भगवानको भुमिका खेल्दै अक्षय कुमार
साउन ८, २०७८, शुक्रबार | विहान ०२:०८ बजे | 25
काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार दोश्रो पटका भगवानको चरित्रमा देखिने भएका छन् । उमेश शुक्लाले निर्देशन रहेको फिल्म ‘ओ माई गड’ को दोश्रो सिक्वेल मा उनी दोस्रो पटक भगवानको चरित्रमा देखिन लागेका हुन् ।
अगस्ट बाट फ्लोरमा जाने फिल्मलाई यस पटक भने निर्देशक अमित रायले निर्देशन गर्दै छन् साथै कलाकार परेश रावलको ठाउँमा पंकज त्रिपाठी भित्रिएका छन् । अक्षयले फिल्म ‘बेल बोटम’को सुटिङ सकाए लगतै ‘ओ माई गड’ फ्लोरमा जाने भारतीय संचारमा उल्लेख छ ।