“माछी खेल्ने ताल“ सार्वजनिक
साउन ७, २०७८, बिहीबार | विहान ०३:१४ बजे | 5
ललितपुर । सुमधुर स्वर कि धनी शान्ति श्री परियार र लोकदोहोरी गायक लोकेश तामाङको नौलो प्रस्तुति माछि खेल्ने ताल लोकचौतारी युटुव च्यानलमार्फत भर्खरै सार्वजनिक भएको छ ।
उक्त गितमा सुमधुर स्वर भरेका गायक स्वंमको शब्द रहेको छ भने लय निकेश तामाङको रहेको छ । त्यस्तै नारायण दंगालको एरेन्ज रहेको भिडियो छायांकन भने मुकेश हुमगाईले गरेका हुन् । अमोन रानाले कोरियोग्राफरको भुमिका निर्वाह गरेका छन । अन्य गितमा झै यस गितमा पनि धेरै वर्ष यही पेशामा लागेर अब्बल भईसकेका ब्यक्ति निरन श्रेष्ठले निर्देशन गरेका छन ।
गीतमा पछिल्लो समय निकै नै चर्चामा रहेकि नायिका तथा मोडल करिष्मा ढकाल, निरन श्रेष्ठ ,खुसि लामिछाने, गोपाल मगरको जीवन्त अभिनय देख्न सकिनेछ ।
निरन बहुमुखी प्रतिभाको धनि व्यक्ति हुन । उनले धेरै गितहरुमा निर्देशकको भुमिका न्यायिक तरिकाले जसरि निर्वाह गरेका हुन्छन, त्यस्तै अभिनयमा पनि त्यतिकै अवल छन।दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेर आम दर्शक माझ चिरपरिचित भईसकेका छन