सकियो स्व.अरुण थापा स्मृति साँंझ


साउन ६, २०७८, बुधबार | विहान ०२:४४ बजे | 10


सकियो स्व.अरुण थापा स्मृति साँंझ

भक्तपुर । सदावहार गायक स्वर्गीय अरुण थापाको सम्झनामा भक्तपुरमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर सांगीतिक समाजको आयोजनामा मंगलबार दिउँंसो १ बजे कार्यक्रम भएको हो । गायक थापाको २२ औं स्मृति दिवसको अवसर पारेर समाजले स्व.अरुण थापा स्मृति दिवस–सांगीतिक श्रद्धाञ्जली कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको हो।
भक्तपुर सांगीतिक समाजका सचिव अल्बर्ट बज्राचार्यले गीतसंगीतमार्फत सदावहार गायक अरुण थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम राखेको बताए । समाजका अध्यक्ष एवं गायक प्रविण शाहीले कार्यक्रममा गीतसंगीत क्षेत्रमा विशिष्ठ योगदान दिएका र गीतसंगीतका विशिष्ठ पारखीहरुको उपस्थिति रहेको बताए । अरुण थापाको जन्म विक्रम सम्बत २००८ सालमा भारतको कलकत्तामा भएको थियो । उनको मृत्यु २०५६ साउन ५ गते भएको थियो । आयोजकले सहयोगी सवैमा धन्यवाद दिएको छ ।

Comments