बलिउड नायिका तापसी पन्नुले खोलिन् आफनै प्रोडक्सन हाउस
साउन ३, २०७८, आइतबार | विहान ०१:५९ बजे | 35
बलिउडमा नायिकाहरु निर्मात्री बन्ने क्रम बढ्दो छ । नायिकाहरु कंगना रनोट, अनुष्का शर्मा, आलिया भट्ट, दीपिका पादुकोण लगायतका नायिकाहरुले आफ्नै प्रोडक्शन हाउस खोलिसकेका छन् । अब, यो भिडमा नायिका तापसी पन्नुको नाम पनि जोडिएको छ । तापसीले आफ्नो प्रोडक्शन हाउस सार्वजनिक गरेकी छिन् । जसको नाम उनले ‘आउटसाइडर्स फिल्मस्’ राखेकी छिन् ।
तापसीले निर्माण कम्पनीको घोषणा गर्दै लेखेकी छिन–‘गतबर्ष जब मैले बलिउडमा पाइला चालेको एक दशक भएको थियो, मलाई थाहा थिएन कि यो नगरीमा तैरिन मात्र होइन आफ्नो बाटो बनाउन पनि सिक्नेछु । कुनै त्यस्तो व्यक्तिका लागि यो सामान्य काम थिएन जसले कुनै दिन पनि पब्लिक फिगर बन्ने सपना देखेको थिएन । म ती सबै मानिसहरुप्रति आभारी छु जसले मलाई यति धेरै माया दिनुभयो र ममाथि विश्वास गर्नुभयो । अब, केही फिर्ता गर्ने समय आएको छ । किनकी, निकै हिम्मतका साथ ठूलो जिम्मेवारी आउँछ । मलाई अब शुभकामना दिनुहोस्, किनकी अब मिहिनेतका साथ सर्वश्रेष्ठ काम ल्याउने समय आएको छ ।’