अनभिज्ञता
साउन २, २०७८, शनिबार | विहान ०६:१० बजे | 20
सुनील सापकोटा
मेरो हरेक कविताको
ढुकढुकिमा
सधैं तिम्रै मात्र उपस्थिति
रहन्छ
तिम्रै लागि त लेख्छु
तिम्रै यादमा त सधैं रमाउछु
तिमी नै मेरो भावना हौ
तिमि नै मेरो रचना हौ
अफसोस !
हिजोआज तिम्रो दूरीले गर्दा
मेरो काव्य यात्रा नै अबरोध
छ
यो तिम्रो प्रेमको पिडा हो
वा पिडा नै मेरो प्रेम हो
बुझ्न सकिरकेको छैन
प्रीये ......