वाइवाईको नयाँं चाउचाउ बजारमा


साउन १, २०७८, शुक्रबार | विहान ०८:२५ बजे | 30


वाइवाईको नयाँं चाउचाउ बजारमा

काठमाडौं । वाइवाई चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । डाइनामाइट एक्स्ट्रा स्पाइसी चिकेन स्वादको वाइवाई सय ग्राम तौलको प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको बजार मूल्य ५० रूपैयाँ कायम गरिएको छ ।
यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । यो सामान्य खुद्रा पसलदेखि सुपर मार्केटसम्म सजिलै उपलब्ध हुने बताइएको छ । यो चाउचाउ पकाएर वा त्यत्तिकै खान सकिने बताइएको छ । वाइवाई चाउचाउ हाल २७ फरक स्वादमा उपलब्ध छन । अन्य नयाँ स्वाद पनि थपिँदै जाने कम्पनीले जनाएको छ ।

Comments