ठेचो नवदुर्गा मन्दिरमा गजुर राखियो
असार ३१, २०७८, बिहीबार | दिउँसो १२:३८ बजे | 10
ललितपुर । ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदुर्गा भवानी देवी मन्दिरमा सांस्कृतिक बाजागाजासहित बिहिबार गजुर स्थापना गरिएको छ । मन्दिर २०७२ को प्रलयकारी भुकम्पले क्षति पु¥याएको थियो। पुरात्तत्व विभागले पुनर्निर्माण गर्न २०७६ मा भ्याट बाहेक २ करोड १६ लाख ६३ हजार २ सय ३६ रुपैया बजेट बिनियोजित गरेको थियो। नवदुर्गा मन्दिर ठेचोका रैतानेका इष्टदेवता हुन्। नवदुर्गा मन्दिर उपत्यकाका विभिन्न शक्तिपिठमध्ये एक मानिन्छ ।
नवदुर्गा भवानी देवी गुठी अध्यक्ष धर्मराज मालीले मन्दिरको सत्तल संग्रहालयको रुपमा परिणत गर्ने योजना रहेको बताए। ‘नवदुर्गा मन्दिरको अर्को गुठी घर निर्माण सम्पन्न भएपछि त्यहा“ संस्कृति सम्पदा बारे अध्ययन अनुसन्धान गर्न आउने विदेशीहरु बस्ने होमस्टे बनाउने लक्ष्य छ,’ उनले भने, ‘यसले नवदुर्गा गुठीस“गै गोदावरी नगरपालिकालाई राजश्व भित्रेर मुलुकको अर्थतन्त्र बलियो बनाउन थप टेवा पुग्नेछ।’