दुधपाटीमा बजार अनुगमन


2021-07-15 09:30:39

News Image

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा ६ वटा खाद्य पसल अनुगमन गर्दा म्याद नाघेको सामानहरु सानो गाडीले आधा ट्रिप भेटीएको जफत गरी नष्ट गरेको बताउनु भयो ।
अनुगमनमा छोटु फलफूल तथा जुस पसलमा विभिन्न बदाम लिचिका जुसहरु, विस्कृटहरु, घृत कुमारी स्वरस गरी तीन बाकस जफत गरी नष्ट गरियो भने तराजु एक थान जफत गरी कार्यालयमा तीन दिन भित्र उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै अनमोल स्टोरमा म्याद नाघेका सामानहरु सुगर फ्रि मारि बिस्कुट २७ पाकेट, रियो जुसिलो लिचि १६ वटा, ब्रिटानियाको डाइजेस्टिभ विस्कुट ५ पाकेट, जुजु भुजिया २ पाकेट, फेमिलि टोस्ट १ पाकेट, माद एन्जेल १३ पाकेट, क्रिमियाको डाईजेस्टिभ विस्कुट १ पाकेट, स्प्राईट ५०० मिलि २ वटा, पोम ग्रानेट जुस ५ वटा, फाण्टा जम्बो १ वटा, कोक जम्बो १ वटा, माक्स प्रोटिन २ वटा, नेबिको डाइजेस्टिभ ३ पाकेट, डार्क फान्टासी कफि १ वटा जफत गरी नष्ट गरियो भने तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो
त्यस्तै न्यू नःपुखु मिनि स्टोरमा प्याकेजिड्ड सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु रिच टोमाटो सस् १ वटा, फाण्टा २५० मिलिको ६ वटा, अनमोल पिजा चिज ४ वटा, बाम्बु सुट टिपस् ८ वटा, सुगर फ्रि मारि बिस्कुट १२ पाकेट, लोरियल तेल १ वटा, मारी ब्रिकफार्म विस्कुट ९ पाकेट, सनविम कर्न तेल ४ वटा, पशुपति पापड २१ पाकेट, डल्ला पिकल अचार ५ वटा, जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै तपुखु सेन्टरमा म्याद नाघेको सामानहरु हाप लिटरको स्प्राईट ३ वटा, हाप लिटरको फाण्टा ३ वटा, हाप लिटरको कोक ३ वटा, हाप लिटरको ड्यू २ वटा, एक लिटरको फाण्टा १ वटा, ड्यू जम्बो ४ वटा, जम्बो स्प्राइट २ वटा, जम्बो कोक १ वटा, बोर्नभिटा १ पाकेट, लाइम पिकल १ वटा जफत गरी नष्ट गरियो ।
स्वस्थीरा मार्ट नविकरण गर्न, प्याकेजिड्ड सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, मुल्य सूचि राख्न निर्देशन दियो भने म्याद नाघेको सामानहरु सैंजू दही सानो ५ वटा र ठूलो २ वटा, पाप्रिका पापड ९४ पाकेट, म्याक कफि १ पाकेट जफत गरी नष्ट गरियो ।
जे.के. किराना पसल नविकरण गर्न, मुल्य सूचि राख्न, प्याकेजिड्ड सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दियो भने म्याद नाघेको सामानहरु हाजमोला ४ वटा, ग्लुकोज डि १ वटा, ल्याक्टोजिन २ पाकेट, अउगुरा टोमाटो सस् २ वटा, अरेन्ज मारमालेड जाम १ वटा, टोमाटो चिलि सस् १ वटा जफत गरी नष्ट गरियो ।
अनुगमनमा भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजू, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका सुदर्शन खनाल, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक नजरमान घलान, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघका रुपा लक्ष्मी प्रजापति, स्वास्थ्य कार्यालय भक्तपुरका देवीका किजू, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *