कार किन्दा कर छलेको आरोपमा अभिनेता विजयलाई एक लाख जरिवाना


असार ३१, २०७८, बिहीबार | विहान ०१:१८ बजे | 30


कार किन्दा कर छलेको आरोपमा अभिनेता विजयलाई एक लाख जरिवाना

दक्षिण भारतीय फिल्म अभिनेता विजयलाई एकलाख जरिवाना गरिएको छ। कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले सो जरिवानाको फैसला सुनाएको हो।


२०१२ मा कार किन्दा कर छलेको आरोप उनलाई लागेको छ्। विजयले २०१२ मा इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए । सो समय उनले एक याचिका दायर गरेर कार झिकाउँदा लाग्ने इन्ट्री ट्याक्स छुटका लागि माग गरेका थिए । अदालतले उक्त याचिका खारेज गर्दै कर नतिरेको आरोपमा एकलाख रुपैया जरिवाना समेत गरेको हो।

अभिनेताले कमर्शियल कर विभागले लगाएको करको विरुद्ध अदालतमा अपिल गरेका थिए । अव त्यो पैसा कोरोनासँग लड्न तमिलनाडु मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ।

Comments