आवश्यकता विज्ञापन अव एवीसीडी खवरमा निःशुल्क
असार २८, २०७८, सोमबार | विहान ०१:५८ बजे | 15
भक्तपुर । सञ्चालनको छोटो अवधिमै लोकप्रिय हुन सफल भक्तपुरबाट प्रशारित एवीसीडी खवर डटकम अनलाइन आगामी साउन १ गतेदेखि एक वर्ष पूरा भई दोश्रो वर्षमा प्रवेश गर्ने भएको छ । पहिलो वार्षिकोत्सबको अवसरमा अनलाइनले विभिन्न अफरहरु ल्याउने भएको छ ।
अफर अन्तर्गत आगामी तीन महिना अनलाइनमा आवश्यकता विज्ञापन निःशुल्क राखिदिने भएको छ । अनलाइनमा आएका आवश्यकता विज्ञापनहरु विना शुल्क अनलाइनले निःशुल्क प्रशारण गरिदिने भएको हो ।
नाफा कमाउने उद्देश्य नलिई सूचना पाउने जनताको अधिकारलाई थप सुनिश्चित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको अनलाइनले सामाजिक उतरदायित्व अन्तर्गत यो योजना ल्याएको हो । योजनाको भरपूर फाइदा उठाउन अनलाइनले सवैसँंग अनुरोध गरेको छ । वार्षिकोत्सबको अवसरमा अनलाइनले अरु पनि थुप्रै योजनाहरु सार्वजनिक गर्न लागेको छ ।