प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठलाई संघमा स्वागत
असार २७, २०७८, आइतबार | दिउँसो ०२:३३ बजे | 40
ऐतिहासिक तथा सास्कृतिक जिल्ला भक्तपुरमा प्रहरी उपरिक्षकको पदभाग ग्रहण गर्नु भएका महानगरीय प्रहरी परिसरका प्रहरी उपरिक्षक श्री शिवकुमार श्रेष्ठज्युलाई भक्तपुर घरेलु तथा साना उद्योग संघमा स्वागत गरियो ।
सो अवसरमा श्री श्रेष्ठले भक्तपुरमा पदभाग ग्रहण गर्नको लागि यस अघि यस जिल्लामा कार्य गरी जानुभएका अग्रजहरुसँग भक्तपुरको बस्तु स्थितिबारे जानकारी लिएको जानकारी गराउँदै उहाँ आफैपनि भक्तपुरमा क्रियाशिल विभिन्न संघ सस्थाहरुसँग अन्तरक्रिया गर्ने मनशाय राख्दै अवस्थामा भक्तपुर घरेलु तथा साना उद्योग संघले स्वागत गरी संघ सग परिचित हुन पाएकोमा संघ प्रति आभार प्रकट गर्नु भयो ।देश विकासको मुख्य आधार लघु घरेलु तथा साना उद्योग नै रहेकोमा आफुपनि जानकारी भएको हुन्दा आफु कार्यरत क्षेत्रमा सकेसम्म स्वदेशमै उत्पादन भएको बस्तुहरु प्रयोग गर्न पहल गर्ने जानकारी गराउनु भयो ।हामीले सानैमा बच्चाहरुले गल्ती गर्दा पुलिसलाई बोलाउँन्छु भनी तर्साउने गरेको कारण प्रहरी सँग साधारण जनता नजिकिन नसकेको यथार्थ भएको बताउँदै आफुले सो भ्रमलाई चिर्न सक्दो प्रयत्न गर्ने र सवै लघु घरेलु तथा साना उद्योगलाई पनि सहयोग गर्नु अनुरोध गर्नुभयो ।स्वागत मन्तव्य राख्नुहुन्दै संघका अध्यक्ष प्रेम खर्बुजाले विश्वभर फैलिएको कोरोना भाईरसका कारण अरु व्यवशाय केही समय संचालन गर्न सरकारले अनुमति दिएपनि सौदर्यकला व्यवशायलाई अनुमति नदिएको कारण प्रहरी उपरिक्षक मार्फत नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्द पालना गर्ने गरी संचालन गर्न पहला गरीदिन अनुरोध गर्नुभयो ।
संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले हरेक विषम परिस्थितिमा साथ दिने लघु घरेलु तथा साना उद्योग नै रहेका कारण राज्यले लघु घरेलु तथा साना उद्योगलाई हेर्ने दृष्ट्रिमा परिवर्तन गर्नुपर्ने बताउनु भयो । संघका पुर्व अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठज्युले भक्तपुर घरेलु तथा साना उद्योग संघका स्थापनाको औचित्य र यस संघले सदस्यहरुलाई पुर्याउँदै आएको योगदानबारे जानकरी गराउनु भयो ।कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कोषाध्यक्ष श्री सत्यनारायण प्रजापति केन्द्रिय महिला उद्यमी समितिका उपाध्यक्ष रीता अवाल संघका महिला उद्यमी समितिका सभापति देवकी श्रेष्ठ तथा सघका सचिव श्यामसुन्दर श्रेष्ठ लगायतले लघु घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन तथा सम्बर्द्धन गर्न सरकारले ठोस निति ल्याउनु पर्नेमा जोड दिनुभयो ।