किन बलिउड गायिका नेहाले श्रीमान रोहनप्रितलाई दिए धम्की ?
असार २७, २०७८, आइतबार | विहान १०:४३ बजे | 5
बलिउड गायिका नेहा कक्कड र उनका पति रोहनप्रीत सिंहको एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ जसमा नेहा र उनका श्रीमान बीच हात हालाहाल भएको भिडियो देखिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा नेहा र श्रीमान् रोहनप्रित सिंह बीच झगडा भएको देखिएको छ ।
बिवाह पछि बिभिन्न कारणले चर्चमा आइरहने यो जोडी फेरी पनि पुनः अहिले सामाजिक संजालमा चर्चाका पात्र बन्दै गैरहेका छन् । नेहा र रोहनप्रितको बिवाह भएको भर्खरै ७ महिना पुग्दै छ यस बिचमा विभिन्न कारणले उनीहरु चर्चामा आइरहेका छन् । केहि समय अगाडी सोशल मिडियामा भाइरल भइरहेको भिडियो थियो जुनमा नेहाले एक्सलाई विशेष सन्देश पठाएकी थिइन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा नेहाले श्रीमान् रोहनप्रित सिंहलाई धम्की दिइरहेकी छिन् जसमा उनले भनेकी छिन्, ‘एक्सलाई फोन गरेको थाहा पाए आफूभन्दा खराब कोही हुने छैन।’ यो एक रमाइलो भिडियो हो जसमा नेहा कक्कडले श्रीमान् रोहनप्रितसँग मजाक गरिरहेकी थिइन्। यो जोडीले सोसल मिडियामाफएत् आफ्नो प्रेम व्यक्त गरिरहन्छन् । प्रशंसक पनि नेहूप्रीतको जोडी नै निकै रुचाउँछन् ।
यस्तै बेलाबेला रमाइला भिडियो शेयर गर्ने नेहाले यो पल्ट पनि एउटा सबैलाई झुक्याउने एउटा भिडियो सार्वजनिक गरेका छन् जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।
यस भिडियोमा उनीहरु दुइ जना बीच हात हालाहालको दृश्य देखिएको छ । भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ, यो देखेर जो कोही अचम्ममा परिरहेका छन् । यो भिडियोमा देख्न सकिन्छ कि नेहाले रोहनलाई जान भनिरहेकी छिन् । यसमा रोहनले नेहाको टाउकोमा बारम्बार हानिरहेको देख्न सकिन्छ ।