शब्द चित्रमा म
असार २५, २०७८, शुक्रबार | विहान ०९:०२ बजे | 30
डा इन्दुल केसी
मैले आफ्नो जीवनको आठौं दशक पार गरेँ
आज आफूले आफैलाई नियाली हेरेँ ।
ऐना अगाडि आफू उभिएर हेर्दा चाल पाएँ
आफू डाडाँपारीको घाम भईसकेको आभास पाएँ ।
दाँत झरेको, छाला चाउरीएको, निधार खुम्चेको देखेँ
फुस्रो अनुहार, होचो कडको मेरो प्रतिबिम्ब देखेँ ।
व्यतित घटनाहरुका परिदृष्यहरु देख्न थालेँ
मेरो जीवनका किताबी पन्नाहरु पल्टिन थाले ।
हाँस–खेल, रसरंग, घुमफिर कति–कति गरेँ
बालक, जवान अधबैसे हुँदै बुढो पो भएँ ।
स्कूल, कलेज, विश्वविद्यालयहरुमा धाएँ
ज्ञानगुणका शिक्षा दिक्षाहरु धेरै पाएँ ।
आर्जीत उक्त ज्ञानगुणहरु अरुलाई पनि बाडेँ
विद्यार्थी, शिक्षक, प्रशिक्षक भई यत्रतत्र समय बिताएँ ।
आफ्नै देशका हिमाल पहाडहरुमा उकाली ओराली गरेँ
लेक, बेसी, मैदान, जंगल, तराईमा डुलेँ ।
कण्दरा, गुफाहरुमा भित्र पसेर फर्केँ
कोशी, गण्डकी, महाकाली नदीमा स्नान गरेँ ।
नाउ, डुंगा, पानी जहाज, हवाई जहाज चढेँ
समुद्रपारीका महाद्विपहरुमा पनि पुगेँ ।
एशिया, युरोप र अमेरिकाका केहि मुलुकहरु डुलेँ
त्यहाँका कला संस्कृति, रहनसहन नजिकबाट देखेँ ।
तीर्थयात्री, पदयात्री, पर्यटक भई यात्री भएँ
सामाजिक, साहित्यिक, आध्यात्मिक संस्थाहरुमा आवद्ध भएँ ।
अनेकौं विषयका ग्रन्थहरुको म स्वयम् पाठक भएँ
स्वदेश विदेशका लेखकहरुले आफ्ना रचनाहरुमा मलाई चित्रण गरेको पाएँ ।
मैले नेपाल र नेपाली जनताको समृद्धि चाहेँ
राजनैतिक, सामाजिक आन्दोलनहरुमा सहभागी भएँ ।
जिन्दावाद, मुर्दावादको नाराहरु लगाएँ
सूर्य चन्द्र अंकित राष्ट्रिय झण्डा बोकि फर्फराएँ ।
प्रहरीको लाठी र हप्की दब्की खाएँ
कारागारमा पनि केही दिन डेरा जमाएँ ।
भोजनको लागि आफै भान्छे पनि भएँ
अध्यारो, चीसो बन्दीगृहको कठोर अनुभव गरेँ ।
बहिदार, खरदार, सुब्बा, अफिसर र हाकिम पदमा बसँे
कार्यालय, विभाग, मन्त्रालयहरुमा राष्ट्रसेवक भई बसेँ ।
बुद्धि, विवेक लगाई कार्य गर्दा आफ्नै पसिनामा नुहाएँ
सिमित पारिश्रमिकमा मेरा परिवारजन पालेँ ।
योग ध्यान सिकेँ, योगी र योग गुरु पनि भएँ
वैकल्पिक उपचारमा डाक्टरको उपाधि पनि पाएँ ।
धेरै रोगीहरुलाई सफल उपचार सेवा पु¥याएँ
लाभान्वीत हुनुभएकाहरुबाट धन्यवाद पाएँ ।
मेरा परोपकारी कार्यहरुको परिणाम स्वरुप
सज्जनहरुबाट स्याबासी र ताली पाएँ ।
कतिपय दुष्टजनबाट इष्र्या र गाली पाएँ
प्राप्त ताली र गाली दुवैलाई मनले स्विकारेँ ।
सटल, पाटी, पौवा, मन्दिर, पोखरी, जलासयको
जीर्णोद्धार, नवनिर्माण सामाजिक कार्यहरुमा अगुवाई गरेँ ।
निर्मित ती पाटी पौवाहरुको सदुपयोग भएको देखेँ
आफूले सम्पादित कार्यहरुबाट आफू पुलकित भएँ ।
भक्तिभावले ईश्वर–परमात्माको
सगुण निर्गुण भावमा भजन गाएँ ।
यसैमा आफ्नो मनको भित्र शान्ति पाएँ
आखिर मानव जीवनको सार्थकता बुझेँ ।
मेरा बाँकी जीवन पनि यसरी सत्कर्महरुमा
हाँसी खुशी लाग्न सकुँ भनी इच्छ्याएँ ।
मैले जीवनको आठौं दशक पार गरेँ
आज आफूले आफैलाई नियाली हेरेँ ।।