आज युनियन लाइफ इन्स्योरेन्स आईपिओ निष्कासन


2021-07-08 04:02:07

News Image

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २४ गतेबाट सर्वसाधारणहरुको लागि धितोपत्र (आईपिओ) को सार्वजनिक निष्काशन भएको छ।
साधारण सेयर बिक्री गर्ने भएको हो । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ मध्यको ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदकालागि आवेदनदिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथ वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ ।

कम्पनीको आईपिओमा माग भन्दा बढि आवेदन पर्ने निष्चित छ हालै जारी भएका २ कम्पनी मनकामना स्मार्ट लघुवित्त र जीवन विकास लघुवित्तको आईपिओमा २० लाख भन्दा बढि आवेदकको आवेदन परेकाले यो कम्पनीको आईपिओमा पनि त्यसैको हारहारिमा आवेदन पर्नेहँुदा न्यूनतम १० कित्ता अर्थात एक हजारको आवेदन दिदाँ राम्रो हुने देखिन्छ ।

कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड ले गर्ने छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न गत जेठ ९ गते आइतबार सेबोनमा निवेदन पेश गरेको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *