नयाँ प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठलाई भक्तपुर उद्योग वाणिज्य संघमा स्वागत


असार २२, २०७८, मङ्गलबार | विहान ११:५२ बजे | 15


नयाँ प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठलाई भक्तपुर उद्योग वाणिज्य संघमा स्वागत

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरमा हालै सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठलाई एक समारोह बीच भक्तपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष श्री शिव मानन्धरले संघ सचिवालयमा स्वागत गर्नु भयो ।

कार्यबाहक अध्यक्ष श्री शिव मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै नयाँ प्रहरी उपरिक्षकज्यूको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । स्थानीय उद्यमी व्यवसायीहरुको हक हितका लागि समर्पित संधले ५५ बर्षको इतिहासमा धेरै उल्लेखनीय कार्यहरु गरेको कुरा बताउँदै नेपालका जिल्ला नगर उद्योग वाणिज्य संघहरुमा एक उत्कृष्ट संघको रुपमा उभिन सफल भक्तपुर उद्योग वाणिज्य संघले विगतका वर्षहरुमा जिल्ला प्रहरी कार्यालय सित सहकार्य गरी धेरै जनउपयोगी कार्यहरु सम्पन्न गरेको स्मरण गर्नु भयो । र आगामी दिनहरुमा पनि स्थानीय उद्यमी व्यवसायीहरुको हितमा जिल्लाको प्रहरी संगठन र संघ मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

उक्त अवसरमा आफ्नो बिचार राख्दै प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठले ऐतिहासिक र सांस्कृतिक महत्वले भरिपूर्ण भक्तपुर जिल्लामा काम गर्न पाउँदा पहिले देखि सुन्दै आएको यहाँका सांस्कृतिक गतिविधिहरुमा प्रत्यक्ष सहभागी हुन पाउने हुनाले आफु एकदम उत्साहित भएको जनाउनु भयो । भक्तपुर उद्योग वाणिज्य संघ जस्तो प्रतिस्थित संस्थाले दर्साएको सम्मान प्रति आभार व्यक्त गर्दै भक्तपुरका उद्यमी व्यवसायीहरुको समस्या तथा मर्काहरुमा सक्दो सहयोग गर्ने दृढता समेत व्यक्त गर्नु भयो । आजको नयाँ पुस्तामा नैतिक ¥हास आएको हुनाले हामीले सकारात्म सोच र नैतिक शिक्षामा जोड दिँदै सभ्य र सुसंस्कृत समाज निर्माणमा समेत सहकार्य गर्न सकिने बिचार व्यक्त गर्नु भयो ।

संघका सचिव श्री गणेश हरी प्रजापतिले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा संघका कार्य समिति सदस्य श्री विश्वराम दुवालले पनि आफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।

Comments