टिकटक स्टार अन्सु वर्मालाई भ्याइनभ्याई
असार २२, २०७८, मङ्गलबार | विहान ०४:४५ बजे | 25
टिकटर स्टार अन्सु वर्मालाई यतिबेला सामाजिक सेवाभाबको कार्यमा भ्याईनभ्याई छ, जहाँ मानिसहरु खाली पेटले छट्पटाई रहेकाछन । त्यस्तो व्यक्तिहरुको खोजी गरेर अन्नदाताको रुपमा काम गरेर भोको पेटमा राहात पुयाउने कार्य गरिरहेका छन । त्यस्तै दिनदुखी असाहाय भएको ठाउँमा पुगेर सहयोग गर्ने गरिरहेका छन । महेन्द्रनगरमा रहेको एक वृद्धा आश्रममा पनि वृद्दहरुको लागि खाध्यान्न (दाल, चामल, तेल, नुन, फलफूल) बाडेर मुहारमा खुसी ल्याउन सफल भएका छन ।
पछिल्लो समय सामाजिक सञ्जाल तथा टिकटकमा निकै नै लोकप्रियता कमाउन सफल नेपाली टिकटक स्टार अन्सु वर्मा राहात वितरण कार्यमा खटिरहेका छन ।
घन्टौ समयसम्म टिकटक लाईभ बसेर करोडौ टिकटकरहरुलाई लाईक, कमेन्ट्, फलोवर्स बढाउनेका साथै मनोरञ्जन प्रदान गरिरहेका वर्माले आफुमा भएको कलाले सबैलाई आकर्षित गर्न सफल भएका हुन् ।
कहिले कोरोनाको कहर त कहिले बाढिपहिरो करिब आधा नेपाली जनताले गाँस वासको चरम कष्टकर जीवन बिताउन विवश भईरहेको कुरालाई मध्यनजर गर्दै अन्सुले पनि आफुले मन ती दुखेका घाउहरुमा थोरै मात्रामा भए पनि मलमपट्टि लगाउने अठोट गरि यतिबेला राहात वितरण कार्यमा तल्लिन भएको कुरा बताए ।
सुदुरपश्चिम महेन्द्रनगर गड्डाचौकिमा रहेर हजारौको मन मुटुमा बस्न सफल अन्सु हेर्दा जति हसिलो सुन्दर देखिन्छन, मन पनि यतिकै ठुलो भएको कुरा उनले गरेका महान कार्यहरुले एैना जस्तै छर्लङ्ग पारेको छन । आगामि दिनहरुमा समाजसेवालाई निरन्तरता दिने कुरा पनि उनले व्यक्त गरेका छन ।
टिकटक नब कलाकारहरुका लागि राम्रो प्लाट फम बनेको र धेरैले राम्रो आम्दानिको श्रोत बनाउन सफल भएको पाईन्छ । सफल टिकट्क युजरमध्ये हाल नेपालमा सबैभन्दा बढि एक करोड माथि कमाईसकेकोसमेत उनले जानकारी दिएका छन् । वर्मा दैनिक ५–७ हजार भन्दा बढि आम्दानि गर्छन् । लाईभ बस्ने पनि आदत नै परेको कुरा समेत व्यक्त गर्छन् ।
उनले टिकटकबाट गरेको आम्दानिलाई दिन दुखिहरुको सेवामा खर्चको देखिन्छ ।
सबैलाई सम्मान गर्ने अन्सुले म सफल हुनुमा सम्पूर्ण टिकटक युजरहरुको हात रहेको छ त्यसको लागि भित्री मनदेखि सबैलाई कृतज्ञता व्यक्त गर्दै आगामि दिनमा पनि यस्तै मायाको भोगि रहने छु भन्ने कुरा बताए ।
देशमा भएको विषम परिस्थितिमा सबैले सबैलाई सहयोगी भावनाबाट अगाडि बढि आफु पनि बांचौ र अरुलाई पनि बचाऊ अभियानमा लाग्न समेत अपिल गर्दछन । सेवा नै धर्म हो भन्ने कुरालाइ आत्मसाथ गर्दै मैले दिन दुखिको सेवा गर्न पाए भने मेरो लागि स्वर्ग नै यहि हो भन्ने कुरालाई जोड दिए ।