भक्तपुरको भेटनरीमा ढुसी परेका इन्जेक्सन
भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा जागाति, सूर्यबिनायक र दुधपाटीको भेटनरी र चश्मा पसलहरु सोमबार अनुगमन गरियो ।
अनुगमनमा म्याद नाघेको औषाधिहरु, बिषादीहरु पसलमा जथाभाबी तरीकाले राखेको, पशुलाई बेहोस बनाउने निन्जा र केमाइनहरु भेटिएको जुन डाक्टरले मात्र क्लिनिक प्रयोग गर्न पाउने र फ्रिज सफा नभएपछि ढुसी परेर त्यसमा राखेको इन्जेक्सन औषाधिबाट पशुपंछिमा सरेर त्यहीं पशुपंछिको मासु उपभोक्ताले उपभोग गर्दा त्यसले अहिले कोरोना संगै कालो ढुसीको विरामी देखिएको डाक्टर प्रणव जोशीले बताउनु भयो ।
भेटनरी पसल अनुगमनमा मञ्जु भेट फर्मा नगरपालिकामा दर्ता नभएकोले तीन दिन भित्र दर्ता गर्न, फ्रिज सफा नभएको र ढुसी परेकोले सफा गर्न निर्देशन दिई म्याद नाघेको औषाधिहरु टेट्राक्लिन ९ वटा, रुमबाइअन २ पाकेट, मोटीभ्याक १, फेभेस्टिन १, ब्रिम्याक्स ७, मस्ति केयर १, निन्जा २ वटा, साल्फाडिन वोलस १ बट्टा, मस्टिनटेल स्प्रे १ वटा, हाइटेक निडल १ बट्टा, भिटामिन बिकम्पलेक्स २ वटा, जेन्टामाईसिन इन्जेक्सन १ वटा, अभिलिन १ वटा, ट्रानोस्टेट १ वटा, कोनाकाइओन १ वटा, सल्फोनामिक्स १ वटा, क्रामाइन ३ वटा, टेट्रासाक्लिन १ वटा, कनसिप्लेक्स १ वटा, इटासेफ १ वटा, इमोलि १ वटा, मेलोसिन १ वटा, पेन्सबाओटिक १ वटा, बिनोसिन २ वटा, सेट्रिएक्स १ वटा, स्टासेफ १ वटा, ट्राइमसिनोलोन १ वटा, बफकाइण्ड १ पाकेट जफत गरी नष्ट गरियो भने तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
[[img2]]
बिष्णु भेटनरी फर्मामा पसल नविकरण गर्न, बिषादी छुट्टै र बालबालिकबाट सुरक्षित गरी राख्न, फ्रिज फोहर भई ढुसी परेकोले सफा गर्न, सरसफाईमा ध्यान दिन, औषाधि विक्रि वितरण गर्न औषाधि विभागको अनुमति लिन र म्याद नाघेको औषाधिहरु स्ट्रेराइल डाइलुएन्ट १३ वटा, मारेक १ वटा, इन्जेक्सन बुरसल १ वटा जफत गरी नष्ट गरियो । डेग पोल्ट्री फर्म तीन दिन भित्र दर्ता गर्न, औषाधि विभागको अनुमति लिएर मात्र औषाधि विक्रि वितरण गर्न निर्देशन दियो भने भेट फर योर पेट राम्रै संचालन भएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
त्यस्तै भक्तपुर अप्टिकल गपली सूर्यबिनायकमा रहेको पसल दर्ता लगायत केहि पनि कागजात पसलमा नभएकोले तीन दिन भित्र कार्यालयमा उपस्थित हुन र पसल दर्ता नभए दर्ता गर्न निर्देशन दिई पसलमा मुल्य सुचि राख्न, खरिद बिल नदेखाएको र विक्रि बिल प्यान र भ्याट बिल नभएकोले सो समेत सुधार गर्न निर्देशन दियो ।
अनुगमनमा अनुगमन समितिका सदस्य रोशन मैया सुवाल, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, भेट फर योर पेटका डाक्टर प्रणव जोशी, उद्योग वाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, घरेलु कार्यालयका सिताराम त्वायना सहभागी थियो ।