पचासजना कविहरूका पचासओटा कविताको सङ्ग्रह प्रकाशन गर्ने निर्णय
असार १९, २०७८, शनिबार | साँझ ०४:१६ बजे | 20
जीवनाथ अधिकारी
भक्तपुर । असार १९
शब्दयात्रा प्रकाशन, बनेपा,भक्तपुर सम्पर्क केन्द्रको बैठकले शब्दचित्रमा हामी शीर्षकको विभिन्न पचासजना कविहरूका पचासओटा कविताको सङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको छ । संयोजक डिल्लीराम गौतमको अध्यक्षतामा आज बसेको जुम बैठकबाट उक्त निर्णय गरिएको हो । सो क्रममा शब्दयात्रा प्रकाशन, बनेपाका अध्यक्ष हरि मञ्जुश्रीले कविहरूले आत्ममूल्याङ्कन गरी स्वका बारेमा काव्यिक अभिव्यक्तिका रूपमा लेखिने कविता शब्दचित्रमा म आफैँमा नौलो आयाम हुने बताउनुभयो । कवि डा इन्दुल केसीको अवधारणालाई मूर्त रूप दिँदै शब्दचित्रमा म शीर्षकमा लेखिएका पचासओटा कविताको सङ्ग्रह शब्दचित्रमा हामी शीर्षक दिएर प्रकाशन गरिने कुरा जीवनाथ अधिकारीले बताउनुभयो । उक्त बैठकमा केन्दीय अध्यक्ष श्री हरि मञ्जूश्री, डिल्लीराम गौतम, डा इन्दुल केसी, जीवनाथ अधिकारी, पदम दाहाल, सुनिल सापकोटा, प्रजापति तिमिल्सिना, निर्मला श्रेष्ठ, नवीना श्रेष्ठ ्र दामोदर घिमिरेको उपस्थिति थियो । उक्त बैठकले पाँच सदस्यीय सम्पादन समूह गठन गरेको छ, जसमा डा इन्दुल केसी, जीवनाथ अधिकारी, पदम दाहाल, निर्मला श्रेष्ठ र सुनिल सापकोटा रहनुभएको छ ।
बैठकबाट असार महिनाभित्र छनौट गरिएका पचास कविका पचासओटा कविता सङ्कलन गरी भदौ पन्द्रसम्ममा कृति प्रकाशन गर्ने निर्णय भएको कुरा जीवनाथ अधिकारीले बताउनुभयो ।