सम्बन्धविच्छेद गर्दै बलिउड अभिनेता आमिर र किरण
असार १९, २०७८, शनिबार | दिउँसो १२:४१ बजे | 25
बलिउड अभिनेता आमिर खानले दोस्रो श्रीमती किरण रावसँग पनि सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आमिर र किरणले संयुक्त रुपमा अलग हुन लागेको जानकारी गराएका थिए ।
उनीहरुको पहिलो भेट फिल्मको सेटमा भएको थियो । फिल्म ‘लगान’को सेटमा आमिर अभिनेता थिए भने किरण सहायक निर्देशकको काम गरिरहेकी थिइन् ।
आमिर र किरणको विवाह भएको १५ वर्ष पुगेको छ । उनीहरुले संयुक्त रुपमा भनेका छन्, ‘यी सुन्दर १५ वर्षमा हामीले जीवनको अनुभव, खुशी र हाँसो सँगै साटेका छौँ ।’
उनीहरु दुई वर्षसम्म ‘लिभ इन रिलेशन’मा बसेको थियो । सन् २००५ मा विवाह गरे । विवाह पश्चात उनीहरु सरोगेसीमार्फत एक छोराका मातापिता बने ।
आमिरको पहिलो विवाह बंगाली युवती रीता दत्तासँगभएको थियो । अलग धर्म मान्ने भएकाले उनीहरुको विवाह परिवारको स्वीकृतिबिना नै भएको थियो । तर, उनीहरुको सन् २००२ मा सम्बन्धविच्छेद भएको थियो ।