स्वार्थी तत्वहरू


असार १६, २०७८, बुधबार | साँझ ०४:०० बजे | 15


स्वार्थी तत्वहरू

अर्कालाई सुख दिने बाहानामा लोभ्याउदै
आज असल मान्छेहरू बेमान बनिरहेछ
यो मेरो आँखाले देखेका
जनताको मनले व्यक्तगर्न नसकेका
शव्दका रहरहरू बाढी बगिरहेकाछन्
नेताहरू महलमा बसेर दुःख मनाऊ गरे
आफ्नो जनताको निम्ति
समयदिन प्रयत्यनगरेन
कति लज्जास्पद
जनताको निम्ति ज्यान दिन्छु भनेर
आज एक मुठी अन्न पनि दान दिनखोजेन
चिल्लागाडि चढेर
जनतालाई बिर्से
त्यस्ता नेता के को नेता ?
जनता आफ्ना जिवनलाई
फर्केर नियाल्नबाध्य भएकाछन्
अबका दिनलाई विचार गर्नेछन्
स्वार्थी तत्वहरूले
जनता विचल्लीमा छन्
कम्युनिष्ट भनाउँदाहरू
पूँजिपती वन्नसक्रीयभए  
यो नपुसकहरूको जमातदेखियो
जनताको निम्ति समयदिएन
एकआपसमा नाटकगरि
सर्वनास गरे
लोकतन्त्रको लिगमा पाइला टेकेन्
आफ्नै दम्फु बजाउदै मसानघातमा
अगाडि बददैछन्।
कुमार लघु

Comments