डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढाउन मद्धत गर्नेछ ः अर्थमन्त्री विष्णु पौडेल
असार १५, २०७८, मङ्गलबार | विहान ११:४६ बजे | 20
काठमाडौं असार १५ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग सूरु गरेको बताउनुभएको छ ।
मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सव कार्यक्रमलाई वेवीनार मार्फत समुद्घाटन गर्दै अर्थमन्त्री पौडेलले डिजिटल अर्थतन्त्रको युग सुरु भएको बताउनुभयो । उहाँले कोभिडपछि यसको महत्व थप बढेको उल्लेख गर्नुभयो । डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलापमा थप सहज पु¥याउने उहाँको भनाई छ । उहाँले उद्यमशीलता बृद्धिका लागि सरकार लागिपरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता रहेको पनि बताउनुभयो । अउपप्रधानमन्त्री समेत रहनुभएका अर्थमन्त्री पौडेलले मिडिया इन्टरनेसनलद्धारा आयोजित ‘फाइनान्सियल डिजिटलाईजेसन लिट्रेसी’ को लोगो अनावरण गर्नुभएको थियो । अर्थमन्त्री पौडेलले मिडिया इन्टरनेसनलले आर्थिक क्षेत्र एवं वित्तीय साक्षरता क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रसंशा गर्नुभयो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठुलो सहयोग गरेको बताउनुभयो । कोरोना महामारीपछि यसको डिजिटलाइजेसनको महत्व बढेको भन्दै उहाँले अहिले पुँजीबजारको क्षेत्रका अधिकाँस कुराहरु डिजिटलाइजेसन भएको उल्लेख गर्नुभयो ।
उहाँले पूँजी बजारमा गत साउनदेखि अधिकाँस कामहरु डिजिटलमाध्यमबाट भइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय नेपालमा सक्रिय लगानीकर्ता बढेको भन्दै बजारलाई यान्त्रिकरणमा अभ्यस्त र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाईजेसनलाई महत्व दिएको बताउनुभयो । उहाँले समय बदलीएको उल्लेख गर्दै फाइनान्सियल सेक्टरमा डिजिटलाइजेसनको महत्व बढेको बताउनुभयो । देशमा आर्थिक सवलिकरणका लागि वित्तीय साक्षरताको महत्व आबश्यकता धेरै रहेको भन्दै वित्तीय क्षेत्रमा मिडिया इन्टरनेसनलले गरेको सहयोगको प्रशंशा गर्नुभयो ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताउनुभयो । समितिले हाल बीमा शिक्षालाई समुदाय स्तरमा फैलाउँदै लगेको भन्दै बीमा क्षेत्रमा बारे भर्खर मानिसहरु जानकार हुन थालेको बताउनुभयो ।
कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल, संघका महासचिव रामबहादुर यादव, जीवन बीमा संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्श उद्योग समितिका सभापति भिम पौडेल, सरकारले आगामी आर्थिक वर्षको बजेटमा बीमालाई
हिमालय सिमा पार व्यापार संघका उपाध्यक्ष नयन बहादुर पण्डित क्षेत्री, बाग्मति प्रदेश हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्याय, नेपाल क्लियरिङ हाउस. हाउस लिमिटेड (एनसिएचएल) का सिइओ नीलेशमान सिंह प्रधान, नेपाल कफि व्यवसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरे लगायतले आर्थिक सवलिकरण र वित्तीय साक्षरताको क्षेत्रमा मिडिया इन्टरनेसनलले खेलेको भूमिकाको प्रशंशा गर्नुभयो । बैंकवित्त, बीमा, तथा पुँजी बजारको क्षेत्रमा वित्तीय जागरण ल्याउने कार्यमा७ बर्षदेखि सक्रिय मिडिया इन्टरनेसनलले पछिल्लो समय फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी संचालन गर्दै आएको छ । मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले वित्तीय साक्षरता र डिजिटलाइजेसनलाई सँगसँगै अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मिडिया इन्टरनेसनलद्धारा आयोजित ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसीको लोगो अनावरण गर्नुभएको थियो । वित्तीय साक्षरतालाई डिजिटलाईजेसनसँग जोड्नेगरी नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा मिडिया इन्टरनेसनलले सुरु गरेको फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसीको गत जेष्ठ २३ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो ।