असार १७ गतेबाट मनकामना लघुवित्त आइपीयो निष्कासन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गते बिहीबार देखि साधारण शेयर निष्काशन गर्ने भएको छ । लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यस लघु बित्त कम्पनीले प्रति कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा ३ लाख ८९ हजार कित्ताको ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न भएको छ । साधारण शेयरको जम्मा कित्ताहरु मध्ये जम्मा पुँजीको ०.५% ले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्व साधारणका लागि जारी गर्न लागेको पुँजीको ५% को अर्थात , १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताहरु मात्र सर्वसाधारणका लागि बिक्री बितरण गरिने छ । यो लघु बित्तको शेयरमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्ने छन । लघु बित्त कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले यो लघुबित्त कम्पनीमा १० कित्ताको लागी आबेदन दिंदा उपयुक्त हुनेछ,अहिले डीम्याट खाता खोल्नेको संख्या नै ३५ लाख भन्दा बढ़ी भएकोले लगानीकर्ताले धेरै पैसा लगानीगर्नु उपयुक्त हुदैन ।