जातको बीऊ ।


असार १५, २०७८, मङ्गलबार | विहान ०४:०१ बजे | 25


जातको बीऊ ।

रामकृष्ण प्रजापति

जातको बीउ छर्दै गयो,
जातीय झिल्कोले डढेलो लाग्दैछ ।
जातीय नाराले राप र ताप दियो,
प्रकास र वर्गिय मित्रता दिएन ।

सुन्य रातमा भुक्ने कुकुर झैं,
एकसरो भुकिरहयो ।
मलिको दुहनो सोझ्याउन,
निरन्तर जातीय नारा धन्काई रहयो ।

जातीइ नारा धन्काएर यहाँ,
लेन्दुप दोर्जेको उपाधि खोज्दैछ ।
जात, क्षेत्र र आत्मनिर्णयको अधिकारले,
देश टुक्र्याउँदै बैमनष्यता बढाउँदै छ ।

शासक दलका नेताहरु छेपारो बन्दै,
बाँदरले जस्तै घर भत्काउँदै छ ।
बाघको छालामा स्यालहरु रजाँई गर्दै,
धुवाँको पर्दा भित्र नाटक मञ्चन गर्दैछ ।

यी कुकुर, छेपारो, बाँदर र स्यालहरुलाई,
लेन्दुप दोर्जेको उपाधि होइन ।
बानेश्वर चोकमा झुण्ड्याउँदै,
संघीयता भौगोलिक आधारमा बनाउनु पर्छ ।

भाइ फुटे गवाँर लुटे ।
त्यसैले,
जातजाति बीच वैमष्यता होइन,
मित्रता र सद्भाव बढाउ ।
सबैलाई रातो किताब पढाउँदै
वर्ग संघर्षलाई अगाडि बढाउन ।

Comments