ठुलो र सानो
असार १४, २०७८, सोमबार | विहान ०७:०७ बजे | 25
कुमार लघु
मानिस सवैसंग रातो रगत हुन्छ
ज्ञानिन्द्रे पनि सवैसंग भएकै हो
मानिसहरू सवै समानछन् ,
कसले उच्च र निच्च गरायो
यो कुरा धानकोभित्र चामल छ
भन्या जस्तै हो
समाजमा दुई जातछन्
शोषित र शोषक (सामान्तहरू)
यो ठुलो र सानो जातको भनेर
जातभातको कुरो होईन सानाले ठुलोसित निहुँ खोज्नु भनेको
गोमनसित कुस्ती खेल्नु झै हुन्छ
मानिसलाई चाहिने कुरामा
निहुँ खोज्नु पनि चाहिन्छ
जाबो डेराको के को तनतन
दियो त के हुन्छ ?
दिएन त के भयो ?
नाउको काम नपाएर
कुकुरको चाकमा रौ काटे जस्तै ?
डेरा माग्दा सानो र ठुलो जात भनेकै
आफ्नो गलत सोच हो
आजकल के को जात
नो प्रोबलेम अनिहाउ
डेराभाडा राम्रो तिर्ने आऊ हो
जे जति जात होस्
वस्ने, खाने वोली वचन मिठास
र आनाबानि राम्रो हुनुपर्ने
यो तहल्का मचाई रहेको
ठुलो जात र सानो जातको
फाईदा लिने शोषक जातको हात छ !
जो सोझाछन् २÷४ हजार डलरको आस
त्यो हो भोकको प्यास
मेटाउनेको आस लहलह झुण्डिएको रे!
मेरो मानसिकताले भन्छ
दासको मानसिकता विचार
आफै पत्तुर हुने गफ छोड्
नेपाली एक हौ ,
नेपाली एकता जिन्दावाद
डेरा नदिएर मर्न त परेन
सास भरेकै छ
भैगयो तै चुप मै चुप होऔँ
हामी सवै नेपाली जिन्दावाद ....