डा कोजूको इमान्दारिताको धरहरा सार्वजनिक
असार १०, २०७८, बिहीबार | विहान १०:३६ बजे | 30
भक्तपुर । डा राजेन्द्र कोजूको कविता संग्रह इमानको धरहरा सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा देवी नेपालले बिहीबार एक कार्यक्रमवीच जुममार्फत् सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा प्राज्ञ प्राडा नेपालले विमोचित कविता संग्रहबारे चर्चा गर्दै विमोचित कविता संग्रहले राजनीतिक अस्तव्यस्ताकोबारे राम्रो व्यंग्य गरेको बताए । सवै नीतिको राजा राजनीति भएको र राजनीति ठिक नभएसम्म सवै क्षेत्रहरु व्यवस्थित नहुने बताए ।
लेखक डा कोजूको ४३ औ वर्ष जन्मदिनको अवसरमा कविता संग्रह विमोचन गरिएको हो । कविता संग्रहबारे टिप्पणी गर्दै कवि पदम दाहालले शव्दमा राम्रो व्यवहारमा निकृष्टता देखाउने राजनीतिक दल, नेताप्रति कवितामा उत्कृष्ट व्यंग्य रहेको जनाए । कविताका भाषा सम्पादक सम्पादक हरिप्रसाद ढकालले विमोचित कविता संग्रह भाषागत रुपमा मात्रै होइन, विषयगत रुपमा पनि उत्कृष्ट रहेको बताए । डा इन्दुल केसीले इमानको खडेरी परेको बेला यो कविता संग्रह उपयोग हुने बताए ।
पुस्तकको समिक्षा लेकख डा कोजूकी आफ्नै सुपुत्री मेरिट कोजूले गरेकी थिइन् । त्यस अवसरमा उनले कविता सवैले सजिलै बुझ्ने सरल भाषामा रहेको जनाइन् । कवितामा जनताको भाबना रहेको उनले जनाइन्
विमोचित कविता संग्रहमा राजनीतिक विषयवस्तु केन्द्रित ६० वटा कविताहरु संग्रहित छन् । कविता हाललाई इफर्ममा मात्रै प्रकाशित छ । भविष्यमा हार्ड फर्ममा पनि कविता संग्रह प्रकाशित हुने जनाइएको छ ।