के लेखुँ ?


असार १, २०७८, मङ्गलबार | विहान ०३:२५ बजे | 20


के लेखुँ ?

सुनिल सापकोटा

के लेखुँ ?
मेरो रुँदै गरेको कलम बाट

हत्या , हिंसा, अपहरण र बलात्कार माथी लेखुँ
या सुरक्षा निकाएहरुको असमर्थतामा

देशको बिग्रदों राजनिती माथी लेखुँ
या जनताको चेतना स्तर र स्वार्थमा

राजनितीमा भएको बिदेशी हस्तक्षेप माथी लेखुँ
या राजनिती दलका नेताहरुको चरीत्रमा

भ्रस्टाचार र अनियमितता माथी लेखुँ
या निरीह सरकारको असफलतामा

दैनिक आकाशिदों महँगी माथी लेखुँ
या दुई नम्बरका ब्यापारीको क्रियाकलापमा

बेरोजगारी , गरीबी  र अभाव माथी  लेखुँ
या बिदेश जाने युवा युवतीहरुको छटपटिमा

निर्वाचनमा बिक्री हुने भोट माथि  लेखुँ
या लोकतान्त्रिक गणतन्त्रको असफलतामा

कोरोनाको महामारी माथी लेखुँ
या प्रियजनहरुको अकाल मृत्युमा

यहाँ  लेख्नु पर्ने कुरा  धेरै छन
के लेखुँ ? के न लेखुँ  ?

जता देख्छु अन्धकार छ
जता सुन्छु अराजकता छ..

Comments